अपहरित बालकलाई प्रहरीले गरे उदार

अपहरणको आरोपमा ३ जना पक्राउ

0
1614

अपहरणको आरोपमा ३ जना पक्राउ

२६ मंसीर २०७५/डिकेश लामा
झापा/नाटकीय रुपमा भारतबाट अपहरण गरी नेपालमा ल्याइएका एक ७ बर्षिय बालकको दमकमा उद्धार गरिएको छ । घटनाको ५ दिनपछि बालकको सकुशल उद्धार गरिएको हो । भारत विहार सुपोल जिल्ला किसनपुर बस्ने मोहमद सदामका छोरा ७ वर्षिय मैफुज आलमलाई मावल घरमा खेल्दाखेल्दै आगनबाट अपहरण गरिएको थियो । घटनाबारे आज प्रहरीले जिल्ला प्रहरी कार्यालय झापामा सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा गौरीगन्ज गाँउपालिका वार्ड नं ६ का बद्री यादव, वार्ड नं ४ का विट्टु भनिने श्री प्रसाद गोडी र उनकी श्रीमती अन्जु मुखिया पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले दमकको देउराली होटलको १०७ नम्बर कोठाबाट बालकलाइ सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका भारतबाट आएको प्रहरी टोलीले शंकाश्पद ठाँउहरुमा खोजतलास गरेको थियो ।

अपहरित बालकको मामालाई फोन सम्पर्क गरी यदी तपाईलाई बच्चा चाहिएको छ भने भारतीय पन्ध्र लाख रुपँया जम्मा गर्नुहोस, बच्चा मेरो साथमा छ, २४ घंण्टा पछि म फेरी फोन गर्छु यदी प्रहरीलाई खबर गर्यौ भने बच्चाको ज्यान खतरामा छ भनी धम्काएको बालकका काका अव्दुल बहावले पत्रकार समक्ष बताउनु भयो ।

बालक अपरणमा परेको उजुरी गरे पछि पनि अपरीचित मानिसले भाइको ससुरा मोहमद मुस्तकिनको ९९५५७२७२६९ नम्बरमा फोन गरी तिमीहरु प्रहरी कार्यालयमा किन गयौ ? भनी धम्काएको समेत बालकका परिवारले जानकारी दिएको छ । बालकलाई करिया भन्ने व्यक्तिले तिम्रो आन्टीको घरमा पुर्याईदिन्छु भनेर गत २० गते अपहरण गरिएको बताइएको छ ।

see live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here