शरणार्थी शिविरमा पहिलो अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने

0
1012

अपाङ्गलाई द्यौसीको रकम हस्तान्तरण
२५ मंसीर २०७५/डिकेश लामा
झापा/भुटानी शरणार्थीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्ने भएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेको भुटान कराते फेडेरेशनले यही मंसिर २९ र पुष १ गते दुई दिन ‘सितेरियो कराते च्याम्पियनसीप २०१८’ आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा भुटान, नेपाल, भारत र बंगलादेशका खेलाडीहरु भाग लिने छन् । प्रतियोगिता शरणार्थी शिविर बेलडाँगीमा हुनेछ । प्रतियोगितामा भुटानको तर्फबाट शरणार्थी खेलहरुले भाग लिन छन् । नेपालको झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र तेह्रथुम तथा भारत र बंगलादेशको एक/एक वटा टिमले भाग लिने आज मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा २२ केजीदेखि ७० केजी तौल समूहका ११ वटा समूहबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार देशका गरी ९ वटा टिमले भाग लिने छ । प्रतियोगितामा कुल एक सय ४६ जना खेलाडी सहभागी हुने आयोजक भुटान कराते फेडेरेशनका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिनु भयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सचीव नरेश राईले बताउनु भयो ।
यस अघि भूटान कराते फेडरेशनले ४० वटा गोल्ड र २ वटा अन्तराष्ट्रि स्तरको खेलमा उत्कृष्ट ट्रफी प्राप्त गरेको कराते कोच डम्बर मुखियाले जानकारी दिनु भयो । खेल आयोजनामा ५ लाख हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

यसैबीच फेन्स क्लव विआरसीले तिहारमा द्यौसी भैलो खेलेर संकलन गरेको १० हजार रुपयाँ रकम भूटानी शरणार्थी अपाङ्ग संघलाई हस्तान्तरण गरेको जानकारी दिइएको छ । क्लवले तिहारमा संकलन गरेको रकम असक्त शरणार्थीलाई सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको क्लवका अध्यक्ष पूर्व सचीव युवराज राईले बताउनु भयो ।

see live video about conference

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here