ट्रक र बसको ठक्करबाट दमकमा ३ जनाको मृत्यु

0
1221

२५ मंसीर २०७५
दमक/ झापको दमक क्षेत्रमा छुट्छुछ्टै सडक दुघर्टनामा ३ जनाको मृत्यु भएको छ । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा साढे १ बजे दमक बजार क्षेत्रमा बाबुछोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ्ग ,पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ घर भएका ६३ बर्षिय धनप्रसाद गिरी र उनका २९ बर्षिय छोरा हेमचन्द्र गिरी रहेका छन् । मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि बसेका थिए ।
ठक्करबाट सख्त घाईते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्युभएको छ
पूर्वबाट पश्चिमतर्फ जादै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोहि दिशा तर्फ जादै गरेको को.३३ प. ७९४५ नम्बरको मोटरसाईकललाई दमकको पश्चिम बस स्टेण्ड चौंक सडक खण्डमा ठक्कर दिँदा दुघर्टना भएको छ ।
यस्तै अपरान्ह ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमकको कृष्ण मन्दिरमा बसले मोटर साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ्गको केरावारी गाउँपालिका वडा नं. ९ का ४८ बर्षीय देवीप्रसाद राईको मृत्यु भएको छ । पश्चिम तर्फ जाँदै गरेको मे २ प ३३०१ नम्बरको मोटर साईकललाई पूर्व जाँदै गरेको ना ४ ख ६७८२ नम्बरको बसले ठक्कर दिदाँ दुघर्टना भएको छ । घटनामा घाईते भएका राईको उपचारको क्रममा लाईफ लाईन अस्पतालमा मृत्यु भएको प्रहरी इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिनु भयो ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक, बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here