अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

0
755

मंशिर २४/
विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसन बसेका छन् ।
शरणार्थी शिविरमा विश्व मानव अधिकारको अवसर पारेर दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिले भुटानी शरणार्थि शिबिर बेल्डाँगीमा गरेको कार्यक्रमलाई लक्षित गरी कार्यक्रम गरिएको आयोजक समितिका संयोजक कृष्णविर तामाङले बताउनु भयो । शरणार्थीलाई स्वदेश फिर्ती तत्काल गर, मानव अधिकारको रक्षा गर, शरणार्थीलाई आर्थिक भार लाउन मिल्दैन जस्ता नाराबाजी समेत गरेका छन् । स्वदेश फर्कन चाहाने शरणार्थीले कार्यक्रममा आएका दातृ निकाय उच्च पदाधिकारी, मानवअधिकारकर्मी समक्ष आफ्ना माग पुरा गर्न प्ले कार्ड राखेर कार्यक्रम भर अनसन समेत हुन् । भूटानबाट लखिटिएका बृद्धबृद्धा समेतले आफूहरुको स्वदेश फर्कन पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन् ।
प्रदेश सांसद अर्जुन राईको प्रमुख आथित्यमा भएको कार्यक्रममा भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्ग, शिविर सचीव टिकाराम रसाइलीले शरणार्थीको मुद्धालाई दातृ निकाय र नेपाल सरकारले त्यतिक छोड्न नमिल्ने बताउँदै समस्या समाधान गर्न माग गर्नु भयो । कार्यक्रममा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखाका प्रमुख खालिड फन्साले शरणार्थीहरुले दातृ निकाय र नेपाल सरकारबाट नियमित सहयोग पाइरहेको बताउनु भयो । उहाँले लैंगिक हिंसा अन्त्य गर्नका लागि नेपालमा भएका क्षेत्रीय कार्यक्रममा समेत शरणार्थी महिलाको सहभागिता गराउँन थालेको बताउनु भयो ।
कार्यक्रममा भूटानीहरुको शंका व्याण्डले मानव अधिकार सम्बन्धी गीत, नृत्य र नाटक समेत प्रस्तुत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here