व्यवसायीको बिरोध पछि दमक वडा नम्बर ६ फर्निचरलाईन सडकलाई एकतर्फी बनाउने नगरपालिकाको निर्णय तत्काललाई रोकियो , निर्णय कार्यान्वयन गरिए आफुहरु मारमा पर्ने व्यवसायीको गुनासो

0
760

मंशिर २३/
दमक वडा नम्बर ६ फर्निचरलाईनको सडकलाई एकतर्फी बनाउने नगरपालिकाको निर्णयको स्थानिय व्यवसायीले बिरोध गरेका छन् । जेसिज चौक देखी संखधरसाख्वा चौक सम्मको सडकलाई आज बाट एकतर्फी रुपमा सञ्चालन गर्ने भने पनि व्यवसायीको बिरोध पछि उक्त नियम आज बाट कार्यान्वयन हुन सकेन दमक बजारको ट्राफिक व्यवस्थापन सहज बनाउन बजार पस्ने सडकहरुलाई एकतर्फी बनाउने नगरपालीकाको निर्णय बमोजिम आज बाट फर्निचर लाईन सडकलाई एकतर्फी बनाउने योजना रहेको थियो । तर सो ठाउँका व्यवसायीले नगरपालीकाको निर्णयले आफुहरुको व्यवसायमा असर पर्ने बताउँदै निर्णय कार्यान्वयन नगर्न नगरपालीकामा लिखित निवेदन दिएपछि तत्काललाई उक्त निर्णय रोकिएको छ ।
फर्निचरलाईनमा व्यवसाय गर्दै आएका ८३ जना व्यवसायीहरुले आज नगरपालिकामा संयुक्त निवेदन दिंदै सो सडकलाई एक तर्फी मात्र सवारी साधन सञ्चालन गर्ने बनाए आफुहरु मारमा पर्ने बताएका छन् । यातायात व्यवस्थापन गर्ने कुरामा आफुहरुको बिरोध नभएको तर अफुहरु संग कुनै सल्लाहनै नगरी नगरपालीकाले एकतर्फी नियम बनाउँदा आफुहरु मरमा परेकोले बिरोध गर्नु परेको व्यवसायी अर्जुन कार्कीले बताउनु भयो । आफुहरुको बिरोधका विच निर्णय कार्यान्वयन गरिए सडकमा उत्रिने व्यवसायीको चेतावनी पछि नगरपालीकाले उक्त नियम तत्काललाई कार्यान्वयन नगर्ने भएको छ ।
आज नगरपालीका पुगेका व्यवसायीलाई जिम्मेवार पदाधिकारी नभएकोले केही दिनमा बसेर निर्णय गर्ने र तत्काललाई निर्णय कार्यान्वयन नगर्ने नगर उपप्रमुख गीता अधिकारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here