प्रजातान्त्रिक आन्दोलनमा जेल जिवन विताएका राई ओछ्यानमा

रुँदै सहयोगको माग, सवैलाई सहयोग गर्न आग्रह

0
2984

रुँदै सहयोगको माग, सवैलाई सहयोग गर्न आग्रह

  २० मंसीर, २०७५
दमक/ भूटानमा प्रजातन्त्र प्राप्तीका लागि जेल जिवन समेत विताएका भूटानी शरणार्थी शिविरका सामाजिक अगुवा सरमान राई ओछ्यानमा थलिएका छन् ।
सन् १९८९ को भूटानमा आन्दोलन हुँदा विरोध उत्रिएका सरमान राईलाई भूटान सरकारले पक्राउ गरी झण्डै अढाई बर्ष जेलमा कोचेर राख्यो । धेरै यातना पछि राईलाई देश छाड्ने सर्तमा रिहा गरे पछि उहाँ शरणार्थी बनेर नेपाल पसेका थिए । अहिले केही दिन यता राई अचनाक प्यारालाइसीस् भए पछि ओछ्यानमा थलिनु परेको छ ।
ढेड दशक भन्दा धेरै शरणार्थी शिविर वेलडाँगीमा शिविर प्रतिनिधि र सेक्टर हेट तथा अन्य विभिन्न संघसस्थाको अगुवाई समेत गरेर सामाजिक जिवन विताउँदै आउनु भएको राई अचानक ओछ्यान परे पछि अहिले परिवारमा समस्या भएको छ । संस्थाले दिदैं आएको राहत समेत कटौति गर्ने खवरले परिवारलाई झनै पिरोलेको छ ।


ऋण काढेर सामान्य उपचार पछि घर फर्कनु भएका राई आर्थिक अभावका कारण अस्पतालमा बसेर उपचार गर्न नसकेको बताउनु हुन्छ । ५३ बर्षीय सामाजिक अगुवा राई भन्नु हुन्छ, चिनजान र साथीभाइले सहयोग गरे केही समय बाँच्थे कि ? थलिएको शरीरलाई हिडाउँन सक्थे कि?
अस्पतालमा बसेर उपचार गर्न आर्थिक अभाव जेलिरहनु भएका राईसँग ग्लोवलपोष्टको तर्फबाट गरिएको कुराकानी र यो भिडियो जस्ताको तस्तै राखिएको छ ।

See live interview with rai

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here