दमकको बशिष्ठ संस्कृत गुरुकुल विद्यापीठलाई दमकका महिलाहरुद्वारा खाद्यान्न सहित विभिन्न सामाग्री प्रदान

0
889

मंशिर २१/
दमक ४ स्थित बशिष्ठ संस्कृत गुरुकुल विद्यापीठलाई दमकका महिलाहरुको एक समूहले आज खाद्यसहित विभिन्न सामाग्रीहरु प्रदान गरेका छन् ।
दमक ५ मा रहेको शुभलक्ष्मी महिला समूहले गएको तिहारमा देउसीभैली खेलेर संकलन गरेको रकमबाट विद्यापीठलाई विभिन्न सरसमानहरु खरिद गरि हस्तान्तरण गरेका हुन् । समूहले करिव १० हजार मूल्य बरावरका भाडावर्तन, चामल, दाल, तेल, भुजा लगायतका सामाग्रीहरु रहेका छन् ।
आज विद्यापीठमा पुगेर समूहले ती सहयोग विद्यापीठ सञ्चालक समितिका अध्यक्ष राजेन्द्र भट्टराईलाई हस्तान्तरण गरिएको समूहकी अध्यक्ष सुजता बस्नेतले वताउनु भयो । हस्तान्तरण कार्यक्रममा समूहकी सल्लाहकार संयोजक मेनुका कार्की लगायतका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो । देउसीभैलीबाट जुटेको रकम मनोरञ्जनमा खर्च गर्नु भन्दा परोपकारी कार्यमा सहयोग गर्न उक्त सहयोग प्रदान गरिएको समूहकी सल्लाहकार संयोजक कार्कीले वताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here