दमकको फर्निचरलाईन सडकलाई एक तर्फि (वान वे) बनाईने

0
818

मंशिर १९/
दमक बजारको ट्राफिक व्यवस्थापन सहज बनाउनको लागी बजार पस्ने सडकहरुलाई एकतर्पिm सडक बनाईने भएको छ । दमकको मुख्य चौक बाट बजार पस्ने सडकहरुमा दैनिक ट्राफिक जाम हुने थालेकोले सडकहरुलाई एकतर्फि बनाउन लागीएको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले जानकारी दिनुभयो । बजार पस्ने सडकहरुमा सवारीको चाप धेरै भएकोले ट्राफिक व्यवस्थापन सहज बनाउन एक तर्फि बनाउनु परेको दाहालले बताउनु भयो । हाललाई जेसिज चौक बाट उत्तर संखधर साख्वा चौक सडकलाई एकतर्फि बनाईएको उहाँले जानकारी दिनुभयो ।
जेसिज चौक बाट बजार पस्ने सवारी साधान जान पाउने तर सोहि मार्ग बाट फर्किन नपाउने नियम बनाईएको दमकमा साना सवारी साधन पार्किङ अध्ययन तथा पहिचान समितिका सम्योजक तथा वडा नम्बर ८ का वडाध्यक्ष पशुपतीराज गौतमले जानकारी दिनुभयो ।
सो मार्ग भएर बजार जाने सवारी साधानहरु थाना लाईनबाट अथवा बेल्डांगी रोड बाट फर्किनु पर्ने पनि उहाँले बताउनु भयो । त्यस्तै सोही मार्गमा पार्किङ गर्ने सवारी साधनलाई बाटोको पश्मि पट्टि मात्रै पार्किङ गर्न पाउने व्यवस्था मिलाईएको उहाँले बताउनु भयो । त्यसैगरी ठुला सवारी साधान माल बाहक ट्रकहरुलाई बिहान ८ बजे देखी बेलुका ६ बजे सम्म बजार पस्न निसेध गरिएको पनि उहाँले जानकारी दिनुभयो । आगामी मंशिर २३ गते देखी जेसिज मार्गलाई एक तर्फि बनाउने र मालबाहक ट्रकलाई बजार पस्न निसेध गरिएको योजना कार्यान्वयनमा ल्याईने उहाँले बताउनु भयो । नियम कडाईका कार्यान्वयन गरिने भएकोले नियम उल्लंघन गर्नेलाई कारबाही गरिने सम्योजक गौतमले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here