झापाको माटो बर्सेनी बिग्रंदो अवस्थामा , माटोको अवस्था सुधार्न प्रांगारिक विषादी र मलको प्रयोग गर्नु पर्नेमा बिज्ञहरुको जोड

0
1195

मंशिर १९/
झापाको माटोको अवस्था थप विग्रदै गएको पाइएको छ । विश्व माटो दिवशको अवसरमा आज झापाको गौरादहमा गरिएको माटो परिक्षणबाट माटोको अवस्था बार्षिकरुपमा विग्रदै गएको पाइएको हो ।
५ औं विश्व माटो दिवशको अवसरमा माटो तथा मल परिक्षण प्रयोगशाला सुरुङ्गा झापाको आयोजनामा भएको कार्यक्रममा ४४ जना किसानले ल्याएइको माटो परिक्षण गरिएको छ । जाँच गरिएको मध्ये ८४ प्रतिशत माटोमा अम्लीय, १४ प्रतिशत सामान्य अम्लीय र २ प्रतिशत माटो मात्रै तठस्थ नजिक रहेको पाइएको प्रयोगशालाका प्रमुख माटो विज्ञ हरिबहादुर भूजेलले बताउनु भयो । भूजेलका अनुसार माटोको अवस्था दिनानुदिन विग्रदैं गएको छ । यस अघि १ हजार १ सय १३ फरक फरक स्थानको झापाको माटोको अवस्था जाँच गर्दा ६५ प्रतिशत माटो अम्लीय भेटिएको उहाँले बताउनु भयो ।
माटोको अवस्था दैनिक विग्रदैं गएको प्रति किसान तथा माटोका प्राविधिकहरुले चिन्ता व्यक्त गरेका छन् । माटोको अवस्था सुधारका लागि माटोको उपचार, रासायनिक विषादी र मलको प्रयोग हटाएर प्रारंगरिक तत्वहरुको प्रयोग बढाउनु पर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि परियोजनाका कृषि अधिकृत सागर विष्ट, माटो विज्ञ हरिवहादुर भुजेल, गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल, अर्जुनधारा नगरपालिकाका कृषिशाखा प्रमुख शालिग्राम भट्टराई, गौरादह साना किसान महिला सहकारी संस्थाकी अध्यक्ष तुलसा भूजेल लगायतले माटो आमा भएकोले यसको उपचारमा मानिसलाई रेखदेख गरे जतिकै ख्याल गर्नु पर्नेमा जोड दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here