प्रदेशको संरचना नबनेकोले पूँजिगत खर्च समेत गर्न सकिएन : आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो

0
704

मंशिर १८/
प्रदेशको संरचना नबनेकोले पूँजिगत खर्च समेत गर्न नसकिएको प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले बताउनु भएको छ । दमकमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री आङबोले प्रदेश सरकारको संरचना निर्माणमा तिव्रता समेत दिइरहेको बताउनु भएको छ ।
पहिलो चौमासिकमा विकास खर्च शून्य रहेको भए पनि आगामी दिनमा देखिने गरी काम हुने मन्त्री आङबोले दावी गर्नु भयो । उहाँले पूँजीगत खर्च गर्नका लागि बजेट कार्यान्वयन गर्ने इकाइ समेत बनाईसकेको बताउनु भयो । संघीय सरकारले स्पष्ट नीति सहित हस्तान्तरण नगरेकोले कतिपय भौतिक निर्माणका कार्यहरु रोकिएको समेत बताउनु भएको छ । दोस्रो चौमासिकबाट देखिने गरी कार्य गर्नका लागि मंसीर २ गते बसेको मन्त्री स्तरको निर्णयबाट १ सय ९२ वटा योजनामा २ अर्व बजेट हस्तान्तरण गरिएको बताउनु भयो ।
प्रदेश नम्बर १ को सरकारले चालु आर्थिक बर्षका लागि ३५ अर्व ९३ करोड ६० लाखको बजेट ल्याएको छ । जसमा १८ अर्व ५० करोड ९२ लाख पूँजीगत खर्च रहेको छ । प्रदेश सरकारको पहिलो चार महिनामा पूँ्जिगत खर्च हुन नसक्दा आलोचना समेत हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here