गगन पुरी द्वारा आमाको स्मृतीमा दमक पब्लिक लाईब्रेरीलाई सहयोग

0
668

मंशिर १८/
दमकका सामाजिक अगुवा गगन पुरीले दमक पब्लिक लाईब्रेरीलाई पुष्तक प्रदान गर्नु भएको छ ।
आप्mनी दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा आज लाइव्रेरीमैै पुगेर पुरीले २० हजार रुपैयाँ मूल्य बराबरका पुस्तकहरु प्रदान गर्नुभएको हो ।
आज एक कार्यक्रमका बीच धर्मपत्नी सिमा र दाजु देवकुमार सहित गगन पुरीले लाईव्रेरीमा पुस्तक खरिदका लागि २० हजार रुपैयाँको चेक लाईव्रेरीका उपाध्यक्ष जीवन सापकोटालाई हस्तान्तरण गर्नुभयो । यसअघि समेत दाता पुरीले दमक बहुमुखी क्याम्पसमा समेत आमाको स्मृतिमा १ लाख ५० हजार रुपैया राशीको अक्षय कोष समेत स्थापना गर्नुभएको थियो ।
दाता पुरीबाट उपलब्ध उक्त रकमबाट लाईव्रेरीमा आवश्यक पर्ने पुस्तकहरु खरिद गरिने उपाध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार २०६९ सालमा स्थापित लाईव्रेरीमा दाताहरुबाट उपलब्ध गरिएका हाल करिव ८ हजार थान विभिन्न किसिमका स्वदेशी तथा विदेशी पुस्तकहरु संग्रहीत छन् ।
दमक –८ स्थित उक्त लाईव्रेरीमा विभिन्न उमेर समूहका दैनिक ५० जना बढी सर्वसाधारणहरुले नियमित पुस्तक, पत्रपत्रिकाहरु अध्ययन गर्दैआएको लाईव्रेरीका सदस्य भरत चम्लागाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here