दमकको दुईवटाका वडाबासीले अभैm स्वच्छ पिउने पानी पाएनन

0
1212

मंशिर ११/
दमक नगरपालिकाको दुई वटा वडामा अझैं स्वच्छ खानेपानीको धारा पुग्न सकेको छैन । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि अझैं दुई वटा वडाका बासिन्दाहरुले सहजै खानेपानी पिउन पाएका छैंनन् ।
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अनुसार दमक नगरपालिकाको १० वटा वडाहरु मध्ये वडा नम्बर ३ र १० मा भने हालसम्म खानेपानीको धारा पुरयाँउन सकिएको छैन् । दमकको ३ र १० वडा बाहेकका नगर क्षेत्रमा स्वच्छ पानी वितरण गर्दे आएको सो संस्थामा हालसम्म उपभोक्ताको सख्या ९ हजार ३ सय ६५ पुगेको छ । गत असार मसान्तसम्म ९ हजार १५ थियो भने असार मसान्त पछि हाल नयाँ ३ सय ५० जना उपभोक्ता थपिएको व्यवस्थापक कृष्ण थापाले बताए । उनका अनुसार सवैभन्दा बढी नगरका चौंक,बजार क्षेत्रका १, ५, ६, ७, ८ वडामा धारा छन् । ती मध्ये वडा नम्बर १, २ र ९ वडामा आधा घरधुरीले मात्र धारा जडान गरेका छन् ।
खानेपानी नपुगेको दुई वडामा स्थानीय स्तरमा नयाँ खानेपानीको आयोजना सञ्चालन गर्न तयारी थालिएको पनि उहाँले जानकारी दिनुभयो ।
गएको वर्ष देशभरिका खानेपानी आयोजना मध्ये प्रगति मूल्याङ्गकनका आधारमा उत्कृष्ठ भएको दमकको खानेपानी वितरण प्रकृयालाई थप पहुँच बृद्धि गर्न तयारी थालिएको संस्थाका अध्यक्ष पशुपतिराज गौतमले बताउनु भयो ।
दमकमा तीन वटा ट्यांकी मार्फत गएको वर्ष २२ लाख ९६ हजार ८ सय घनमिटर पानी उत्पादन भएको थियो भने दैनिक करिव ६३ लाख लिटर पानी वितरण हुदैआएको संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here