महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दमकको भूटानी शरणार्थी शिविरमा पनि १६ दिने कार्यक्रम शुरु

0
1785

मंशिर १०/
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दमकको भूटानी शरणार्थी शिविरमा पनि १६ दिने कार्यक्रम शुरु गरिएको छ ।
महिला विरुद्धको हिंसा न्यूनिकरणमा जोड दिँदै शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायको सहयोगमा शिविर व्यवस्थापन समितिको आयोजनमा विविध कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको पहिलो दिन हिँजो महिला हिंसा न्यूनिकरण सचेतना र्याली, विभिन्न स्थानमा नाटक, गोष्ठी गरिएको पूर्व शिविर सचीव युवराज राईले बताउनु भयो ।
कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले महिला हिंसा अन्त्यका लागि सवै जागरुक र जिम्मेवारी हुनु पर्ने बताउनु भयो । कार्यक्रममा यूएनएचसीआरका दमक शाखा प्रमुख खालिड फन्साले विश्व भरी शरणार्थी या कुनै देशका नागरिकमा होस् महिला अधिकार सुनिश्चित गरेकोले महिला हिंसा न्यूनिकरण कम गर्न विश्व भरी यस्ता कार्यक्रम गर्दै आएको बताउनु भयो । कार्य क्षेत्रमा लैंगिक हिंसाको अन्त्य, लैंगिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार भन्ने नाराका साथ कार्यक्रममा महिला हिंसा अन्त्य गरौं, सहेर नबसौं, यौन शोषण र दुव्र्यवहार विरुद्ध आवाज उठाऔं जस्ता नारा सहित बेलडाँगी शरणार्थी शिविर र सो आसपास क्षेत्र परिक्रमा गरिएको छ ।
विभिन्न ३ स्थानमा गरिएको कार्यक्रममा दमक नगरपालिका वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटा, वडा नं. ३ का अध्यक्ष नविन बराल लगायतले महिला हिंसा अन्त्य गर्न सवै सचेत हुनु पर्नेमा जोड दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here