झापाको शिवसताक्षिमा गए राती आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु

0
564

मंशिर १०/
झापाको शिवसताक्षि नगरपालीकामा गए राती आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । शिवसताक्षि नगरपालीका वडा नम्बर ७ स्थित लालझोडाका स्थानिय लक्षमण खनालको घरमा आगाली हुँदा घर धनी ३५ बर्षिय खनाल उहाँकी श्रीमती ३२ बर्षिय राधीका खनाल, ४ बर्षिया छोरी सुप्रिया खनाल र ४ महिनाको छोरा टिकाराम खनालको को जलेर मृत्यु भएका ईलाका प्रहरी कायालय झिलझिलेले जनाएको छ ।
गए राती करिब ११ बजे तिर घरका सबैजना सुतेको समयमा अचानक आगाली भएको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै पुगेको प्रहरी, दमकलबाट पुगेको दमकल र स्थानिय बासीहरुको प्रयासमा राती साढे १ बजे मात्रै आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । काठको एकतले घर आगालागी बाट पुर्ण रुपमा क्षती भएको ईलाका प्रहरी कार्यालय झिझिलेका प्रमुख प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिनुभयो ।
के कारणले आगालागि भएको अहिले सम्म थाहा नभएको उहाँले जानकारी दिनुभयो । अहिले घटना स्थलमा बिवरण संकलन र सोधपुछ भैरहेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here