अमेरीकामा योग तथा प्राकृतिक उपचार चिकित्सा प्रति आकर्षण बढ्दो

0
713

मंशिर ७ /

अक्टुबर २०, २०१८ देखि अमेरिका र क्यान्डाको विभिन्न राज्यहरुमा स्वास्थ्य सुरक्षा, प्रकृतिक चिकित्सा बारे बरिष्ट्र योग प्रशिक्षक/आर्यबध चिकिसक गंगा प्रसाद ढकालले शिक्षा र योग साधना सिकाउदै आउनु भएको छ । नोभेम्बर २२ तारिक विहिबार युनाइटेट फ्यामिली र नेपाली समाज नेबस्काको संयोजनमा भएको योग प्रशिक्षणमा ५० भन्दा बढी सहभागिहरुको उपश्थिती रहेको आयोजक भिम गुरुङ्गले ग्लोबल पोस्टलाइ जानकारी दिनुभयो । ”आफुले नेपालदेखि नै योग गर्दै आएको र लामो समयपछि साधाना गर्नै पाउदाँ अतिनै खुशि भएको छु ” भन्दै नेबस्काका समाजका समाजसेवी तथा ब्यवसाहीक अजित अधिकारीले खुशि ब्यक्त गर्नु भएको छ । रोग लागेर उपचार गर्नु भन्दा, रोग लाग्न नदिनु उत्तम भन्दै योगी ढकालले १० बर्षका बालबालिकादेखि ६५ बर्षसम्मका सहभागिहरुलाइ विभिन्न रोग जस्तै लुपस, चिनिरोग, दमको रोग, नसा सम्बन्धि, हात खुट्टा झमझम गर्ने, उच रक्तचाप र क्यान्सर रोगीहरुलाइ उपयोगी सर–सल्लाह दिदै आयुर्वेध औषधी, एक्युपेएसर थेरापी र योग साधान सम्बन्धि योग शिक्षा सिकाउनु भएको छ । त्यस्तै गरि, ”प्रकृतिक चिकित्सा र आयुर्बेध प्रयोगबाट पनि जिवनलाई तन्धुरस्त राख्न सकिने रहेछ । ” भन्दै योगी ढकाललाई आफ्नो कृति उपहारस्वरुप दिदै ७३ बर्षिय भुटानी साहित्यकार पंञ्चमान गुरुङ्गले धन्यावद प्रकट गनुभयो । आगमि कार्यक्रम नोभेम्बर २५ तारिक क्यालीफोनियको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा बेलुका ७ बजे देखि ९ बजेसम्म प्रकृतिक चिकित्सय, योग, आयुर्बध, एक्युपेएसर, आधार विहार, संस्कार, सकारत्मक सोच सम्बन्धि स्वस्थ्य सत्सगं र डिसेम्बर १ तारिक सनफर््नसीकोमा हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here