अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु

0
917

काठमाडौं ।
अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।
सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट अस्पतालका दुई महिला कर्मचारी, एक जना प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको हो ।
प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको मृत्यु भएको बताइएको छ ।
ज्यान गुमाउने दुई महिला मध्ये एक जना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेको सिकागोका मेयर राहम इम्यानुयलले जानकारी दिएका छन् ।
घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् । आक्रमणकारीले आफू प्रेम सम्बन्धमा रहेकी महिलालाई निशाना बनाएको बताइएको छ ।
तर घटनाको उद्देश्य स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् ।
बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कयौं राउन्ड गोली चलाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here