मेरा साना छोराछोरीका लागि भए पनि बाँच्न चाहान्छु

0
771

 ४ मंसीर २०७५/डिकेश लामा
दमक/ दुवै मृगौला फेल भएकी २९ बर्षीय सुशिला राईले आफूलाई बचाउँन आग्रह गर्नु भएको छ ।
आर्थिक अवस्था निम्न भएको कारण उपचार गर्न नसकेकोले सहयोगी दाताहरुले सहयोग गरी आफूलाई बचाउन आग्रह गर्नु भएको हो । इलामको चुलाचुली गाउँपालिका वडा नं. ५ फुँइके निवासी राईको ६ बर्षीय छोरा र १ छोरी समेत रहेकोले उनीहरुको लागि भए पनि बाँच्न चाहेकी बताउनु भयो ।
दमकमा पत्रकारसँगको भेटघाटमा बोल्न समस्या भएकी राईको श्रीमान् विमल राईले अवस्थान नाजुक भएकोले सवैसँग सहयोग माग गरेको बताउनु भयो । उनले आफूहरुसँग भएको सम्पतिलाख भन्दा धेरै खर्च गरी सकेकोले मृगौला प्रत्यारोपणका लागि डाक्टरले चाहिने १५ लाख रकम नभएकोले सवैसँग सहयोगको अपेक्षा गरेको बताउनु भयो । सहयोगका लागि पीडितका श्रीमान् विमल राईको नाममा सानिमा बैंकको खाता नम्बर ००२००००५३४४१२ मा सहयोग गर्न आग्रह समेत गरिएको छ ।
पीडित राईको परिवार ऐलानी जग्गामा सानो घर बनाएर मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको पत्रकार सम्मेलनमा सहयोग गर्ने छिमेकी मान बहादुर लिम्बुले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here