शरणार्थी समस्याको पूर्ण समाधान नभएसम्म शरणार्थीहरुलाई दिईदै आएको सहयोग कटौती नगर्न भुटानी शरणार्थी स्वदेश फिर्ती समितिको माग

0
1028

दमक मंशिर ३
भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले शरणार्थी समस्याको पूर्ण समाधान नभएसम्म शरणार्थीहरुलाई दिईदै आएको सहयोग कटौती नगर्न दातृ निकायसंग माग गरेको छ । समितिले मानिसलाई जीवनयापनका लागि चाहिने न्यूनतम गाँस, वासमा निरन्तरता दिन माग गरेको छ । समितिका अध्यक्ष डाक्टर भम्पा राईले विज्ञप्ति निकालेर निमुखा शरणार्थीहरुको ससम्मान घर फर्किने पाउने अधिकारलाई कुण्ठित गर्दे दिनमा एक छाक खाना समेत कटौती गर्ने विश्व खाद्य कार्यक्रमको घोषणा प्रति आफूहरुको गंभीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।
समितिले शिविरमा शरणागत भुटानी शरणार्थी एक जना रहनुञ्जेलसम्म पनि आफनो जिम्मेवारी र पूर्व सर्तअनुसार दातृ निकायहरु बहिरिनु नहुने जनाएको छ ।
विश्व खाद्य कार्यक्रमले ३० कात्तिकमा सार्वजनिक सूचना निकालेर आगामी डिसेम्बरदेखि समापन प्याकेज स्वरुप छोटो समयका लागि नगद वितरण गर्ने र क्रमिक रुपमा २०१९ को जनवरीदेखि बर्हिगमन हुने जनाएको छ । दातृ निकायको त्यस्तो सूचना पछि शिविरका अगुवाहरुले विरोध जनाउदै आएका छन् ।
झापा र मोरङ्गका दुई वटा शिविरमा बस्दैआएका शरणार्थीहरु तेश्रो मुलुकमा एक लाख बढी पूर्नावास भईसकेका छन् । शरणार्थी पूर्नावासपछि शिरिवमा बस्ने शरणार्थीको संख्या करिव ६ हजार रहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here