विराटनगरमा पुगेका कोइराला त्रय एकै मालामा बाधिए, कहिल्यै नफुट्ने उद्घोष

0
1066

विराटनगर ।

कोइराला परिवारका त्रय नेता डा.शशांक ,डा शेखर र सुजाता  एउटै फुलको  मालामा बाधिएर  एक भएको सन्देश दिएका  छन ।  आफ्ना पिताहरू स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला र केशवप्रसाद कोइरालाको कर्म थलो कोइराला निवासलाई साक्षी राखेर तीनै नेताले आइतबार ऐतिहासिक  घोषणा गरे ।

पार्टी आसन्न महाधिवेशनको पूर्व सन्ध्यामा तीनै नेताले एक भएको घोषणा गरेपछि कांग्रेसको राजनीतिमा तरंग फैलिएको छ ।  यो अभूतपूर्व एकताले कांग्रेसको आसन्न महाधिबेशनमा कोइराला परिवारबाट एक जना सभापतिको लागी सर्वसम्मत उम्मेदवार बन्ने पक्का पक्की जस्तै देखिएको  छ ।

कोइराला परिवारमा बेमेल छ भन्ने आम कार्यकर्ताको भ्रमलाई चिर्दै कांग्रेसका महामन्त्री डा.शशांक , सुजाता र डा. शेखरले  एउटै मञ्चबाट कोइराला परिवार विच आत्मीय समवन्ध रहेको घोषणा गरे । कांग्रेसको भावी नेतृत्वको लागी  कोइराला परिवारका एक सदस्यबाट  सर्वसम्मत गराउने हजारौ कार्यकर्तालाई साक्षी राखेर उनीहरूले  खुलासा गरे ।

जीपी कोइराला फाउन्डेशनले आइतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका महामन्त्री डा.शशांकले “ परिवारको लागी आफूले जस्तो सुकै त्याग गर्न तयार रहेको बताए ।” डा शेखर कोइराला प्रति लक्षीत गर्दै उनले  डा शेखरको लागी सभापति पद त्याग किन नगर्ने भनि प्रश्न गरे ।

वीपी कोइरालाले परशुनारायण चौधरीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दा मैले परिवारको लागी सभापतिमा त्याग किन नगर्ने डा.शशांकको कथन थियो । हामी एक छौ , हिजो पनि थियो , आज पनि छौ र भोली पनि एक हुन्छौ डा.शशांकले भने ,“ हामी फुटदैनौ पनि चुटिदैनौ पनि उनले भने , “त्याग गर्न मलाई मेरा वुवा वीपी कोइरालाले सिकाउनु भएको छ ।” स्वर्गी गिरिजाप्रसाद कोइरालाले विराटनगर आउदा महत्वपूर्ण निर्णय गरे जस्तै मैले निवास आएर भन्नै पर्छ , डा शशांकले स्मरण गर्दै भने , “मैले पनि यहाँ आएर महत्वपूर्ण निर्णय सुनाउनै पर्छ ।,”

हजारौ कार्यकर्ता सहभागि भएको कार्यक्रममा उनले परिवारको लागी जस्तो सुकै त्याग गर्ने घोषणा गरेपछि कार्यकर्ता पंक्तीमा उत्साहाको लहर आएको छ । कार्यक्रममा डा शेखरले हाम्रा पुर्खाहरूको सपना हामी तीन नेता मिलेर  पुरा गर्ने र यसमा कार्यकर्ताको सहयोग आवश्यक रहेको बताए । कोइराला परिवारका हामी तीनै जना कहिले नटुक्रने बताउदै डा शेखरले हामी विचको एकता अभूतपूर्व रहेको स्मस्ट पारे । गिरिजाबाबुले भन्नु भएको सहमति , सहकार्य र एकतालाई अक्षरस पालना गर्न पनि शान्ति , समृद्धि र विकास अहिलेको आवश्यकता रहेको उनले बताए ।

जीपी कोइराला फाउन्डेशनकी अध्यक्ष सुजाताले कोइराला परिवार बलियो बन्दा कांग्रेस बलियो हुने बताईन । तीन जना विच एकता रहेको बताउदै उनले पार्टीलाई पुरानै स्थितिमा फर्काउन पनि कोइराला परिवारबाट नेतृत्व आवश्यक रहेको चर्चा गरिन ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यअमृत अर्याल , आमन्त्रित सदस्य हसन अन्सारी , नेविसंघका केन्द्रीय सभापति रञ्जित कर्ण , मोरङका, सुनसरी  र पाँचथरका जिल्ला सभापति क्रमश डीगबहादुर लिम्वू , राजिब कोइराला र नरेन्द्र केरूड, नेता पदमनारायण चौधरी ,  सांसद लक्ष्मण मेहत्ता र विराटनगरका मेयर भीम पराजुलीले कांग्रेस अभूतपूर्व एकताको प्रशंसा गरे । कार्यक्रम जीपी कोइराला फाउन्डेशन प्रदेश न १ का अध्यक्ष इन्दिरा थापाको सभापतित्वमा समपन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here