शनिबार कर दिवसः राजश्व संकलनमा ९४ प्रतिशत उपलब्धि हासिल

0
458

१ मंसिर, काठमाण्डौ । शनिबार कर दिवस । करः समृद्ध नेपाल, सुखी नेपालीको भर भन्ने नाराका मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ  । दिवस मनाइरहँदा सरकारले यो बर्ष  असोज महिनासम्म कर संकलनको बार्षीक लक्ष्य ९४ प्रतिशतले भेट्टाएको छ । यस अवधिमा झण्डै २६ प्रतिशतले राजश्व संकलनमा बृद्धि भएको छ जहाँ करतर्फको आम्दानी ३७ प्रतिशत बढि देखिएको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले शुभकामना दिदै भन्नुभएको छ – ‘कर प्रणालीको प्रभावकारी रुपमा पालना गर्न दिवसले प्रोत्साहन मिलोस जसले आम नेपालीमा असल नागरिकको दायित्व पुरा गरेको महशुष समेत हुनेछ ।’ प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न नसकिने उल्ले गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ – ‘हामिले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्नेमा अब द्धिविधा मान्न पर्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here