तक्मे बूढाबाट भूटानी शरणार्थी विधार्थीका लागि सहयोग

0
696

मंसीर १ गते, दमक/हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन सहयोगार्थ ५५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गर्नु भएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज भएको कार्यक्रममा सो रकम शिविर सचीव टिकाराम रसाइलीलाई हस्तान्तरण गर्नु भएको छ ।

शिबिरबाट तेस्रो मुलुक पूर्नवास भएका नेपाली भाषी भूटानीहरुले आफूलाई पनि धेरै स्थानमा बोलाएर सहयोग गरेको भन्दै विधार्थीको पढाईका लागि सानो रकम सहयोग गरेको राईले बताउनु भयो । शिविर सुपरीवेक्षक सुरेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भूटानीहरुको तेस्रो मुलुकमा बसाइ र यहाँको समस्याबारे चर्चा गरिएको थियो । कार्यक्रममा हाँस्य कलाकार राईले शरणार्थी शिविरका विषयबस्तुलाई लिम्बु बोलीको नक्कल गरी दर्शकलाई मनोरञ्जन समेत दिलाएका थिए । भुटानी शरणार्थी विधार्थीलाई क्यारिटस नेपालबाट केही बर्ष अघि देखि उच्च शिक्षाका लागि दिईने सहयोग बन्द गरिएको छ ।
यस अघि अमेरिकामा ग्लोवलपोष्टका पत्रकार अर्जुन प्रधानको समन्वय र सहयोगमा हाँस्य कलाकार राईको कार्यक्रम समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here