कात्तिक १७ काठमाडौं / अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले गरेको गोली आक्रमणमा एक जनाको ज्यान गएको छ । साथै ४ जना मानिसहरु घाइते भएका छन् ।
शनिबार योगा स्टुडियोमा सो आक्रमण भएको हो । समाचारमा बताइएअनुसार गोली आक्रमणपछि आक्रमणकारीले आफैंलाई पनि गोली हानेका गरेका थिए । टेलाहिसी सहरका प्रवक्ता एसियन फेरिसले स्थानीय सञ्चारमाध्यमहरुलाई दिएको जानकारीअनुसार आक्रमणकारीको पनि ज्यान गइसकेको छ ।
घटनामा घाइते ४ जना मानिसहरुलाई अस्पताल पुर्याइएको छ । प्रहरीकाअनुसार घाइतेहरुको अवस्था गम्भीर रहेको छ । प्रहरी आक्रमणकारीको पहिचान गर्न लागि परेका छन् । घटनाको विषयमा थप अनुसन्धान पनि जारी रहेको प्रहरीले बताएको छ ।