२४ असोज, काठमाडौं । नेपालीहरुको महत्वपुर्ण चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन बुधबार घरघरमा घटस्थापना गरिएको छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ । त्यसक्रममा गुरूजुको पल्टनले सलामी दिएको थियो ।प्रसिद्ध तलेजु भवानीको मन्दिरमा पनि विधिवत रूपमा बडा दसैं सुरु भएको छ । बुधबार बिहान ७ बजेर १५ मिनेटमा पाञ्चाङ्ग निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीहरुले तलेजुमा जमरा राखेर दसैं सुरु भएको हो ।
ताजा पोष्ट
पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश
पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...
भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा
अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।
भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...
परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा
अर्जुन प्रधान
काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...












