२४ असोज, काठमाडौं । नेपालीहरुको महत्वपुर्ण चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन बुधबार घरघरमा घटस्थापना गरिएको छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ । त्यसक्रममा गुरूजुको पल्टनले सलामी दिएको थियो ।प्रसिद्ध तलेजु भवानीको मन्दिरमा पनि विधिवत रूपमा बडा दसैं सुरु भएको छ । बुधबार बिहान ७ बजेर १५ मिनेटमा पाञ्चाङ्ग निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीहरुले तलेजुमा जमरा राखेर दसैं सुरु भएको हो ।
ताजा पोष्ट
“पहिलो प्रेम” को अनुभूति बोकेर ‘मनदेखि मनसम्म’ को आठौं संस्करण हुँदै
अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका — नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था “साहित्य कला संगम” ल्यानकास्टरले आगामी जुलाई २५, २०२६ मा...
व्यवहारिक सिकाइदेखि आत्मचिन्तनसम्म: स्वीकारोक्ति फाउन्डेसनद्वारा पिट्सबर्गमा पाँचदिने नेतृत्व क्याम्प
श्रावण ४, २०८३ | अर्जुन प्रधान
पिट्सबर्ग, पेन्सिलभेनिया — युवा नेतृत्व विकास, व्यक्तित्व निर्माण, आत्मविश्वास अभिवृद्धि, सामाजिक...
ओहायोमा बेपत्ता भूटानीमूलका सञ्चारकर्मी हरि सुवेदी मृत फेला, परिवारद्वारा पुष्टि
असार २६, २०८३ | अर्जुन प्रधान
अमेरिकाको ओहायो राज्यमा बस्दै आएका भूटानी मूलका सञ्चारकर्मी तथा उद्यमी हरि सुवेदी मृत...












