स्वदेश फर्काउँन माग गर्दै सँयुक्त राष्ट्र संघमा पत्र

0
998

२२ साउन २०७५/डिकेश लामा

दमक/ बाँकी रहेका ईच्छुक भूटानी शरणार्थीहरुलाई स्वदेश फर्काउँन माग गर्दै आज राष्ट्रिय पुनर्मिलन समिति भूटानले सँयुक्त राष्ट्र संघका महासचीव एनटिनिओ गुट्रेर्सलाई ज्ञापन पत्र पठाइएको छ । शरणर्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय (यूएनएसीआर)को शाखा कार्यालय दमक मार्फत ज्ञापन पत्र पठाइएको समितिका संयोजक कृष्णविर तामाङले जानकारी दिनु भयो ।

सँयुक्त राष्ट्र संघका महासचिव गुट्रेसलाई सम्बोधन गरिएको पत्रमा स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीहरु तेस्रो मुलुक पुनर्वास र स्थानीयकरण कुनै पनि विकल्प सहभागी नहुने बताइएको छ । पत्रमा शरणार्थीहरुलाई दिँदै आएको सेवा सुविका कटौती र अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले हात निकाल्दै गएकोले शरणार्थीहरुमा थप समस्या आएको समेत उल्लेख गरिएको छ । पत्रको बोधार्थ शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय काठमाण्डौं, शाखा कार्यालय दमक र प्रधानमन्त्री केपी ओलीलाई समेत दिइएको छ ।

पत्रमा स्वदेश फर्कन चाहाने शरणार्थीहरु कुनै पनि हालतमा अरु विकल्पमा जान इच्छा नभएकोले आफूहरुलाई सँधै शरणार्थीको विल्लाबाट मुक्त गराउँन समेत आग्रह गरिएको छ । सन् २००७ देखि शुरु भएको तेस्रो मुलुक पुर्नवास भए पछि पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा ७ सय ७४, २ र ३ मा ३ हजार ९ सय ४ र पथरी शनिश्चरेमा १ हजार ४ सय ६३ गरी दर्ता भएका हाल ६ हजार १ सय ४३ जना भूटानी शरणार्थीहरु मात्र नेपालमा बसोवास गर्दै आएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । यता यस बाहेक दर्ता हुन बाँकी रहेका १ हजार ७ सय ४१ जना रहेको राहतबाट बन्चित शरणार्थीहरुले दावी गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here