संस्थाले छाडे पछि शरणार्थी बालबालिका समस्यामा
२० साउन २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविरमा जोखिममा परेका बालबालिकालाई रेखदेख गर्दै आएको संस्था बन्द भए पछि थप समस्या भएको छ ।
जोखिमा परेका बालबालिकालाई रेखदेख गर्न सन् २००९ सालमा स्थापना भएको संस्था बन्द हुँदा जोखिममा परेका बालबालिकाको रेखदेखमा थप समस्या भएको हो । हरेक बर्ष २० देखि २८ जना जोखिमका बालबालिकाको रेखदेख गर्दै आएको संस्था अचानक बन्द भए पछि समस्या भएको बेलडाँगी शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाईलीले बताउनु भयो ।
शरणार्थी शिविरमा जनसंख्या घटेसँगै विधालय, स्वास्थ्य हुँदै उच्च जोखिममा रहेका बालबालिकाको रेखदेख गर्ने संस्था समूदायमा आधरित बालबालिका रेखदेख केन्द्र बन्द गरे पछि त्यहाँबाट विस्थापित केही बालबालिकाको संरक्षणमा समस्या शिविर व्यवस्थापनका अगुवाहरुले बताएका छन् । केन्द्र बन्द भए पछि त्यहाँबाट विस्थापित १३ जना बालबालिकाको रेखदेख गर्न आफन्त पर्नेहरुले केहीलाई अभिभावत्क लिएका छन् । ४ जना बालबालिकालाई वेलडाँगी शिविरका सचीव रसाईलीले घरैमा राख्न थाल्नु भएको छ ।
बुवा आमा मादक पदार्थ खाएर वेपत्ता हुने, घरको रेखदेख नगर्ने, दोस्रो विवाह गरेर छाड्ने लगायतका समस्याबाट ती बालबालिकाहरुको अवस्था नाजुक भएको सचीव रसाइलीले जानकारी दिनु भयो । बालबालिकाको रेखदेख गर्ने अभिभावक नभए पछि संस्था मार्फत रेखदेख गर्दै आइएको थियो । खासगरी अभिभावकले मादक पदार्थ सेवन गरी वेवास्ता गरे पछि बालबच्चाको विजोग हुने गरेको पीडित बालबालिकाले बताएका छन् । आफूहरुलाई बुबा आमाले खानेकुरा नदिने, नपकाईदिने, कुटपिट गर्ने समेत गरेको पीडित ११ बर्षीय दृष्टि राईले बताउनु भयो ।
तर केही दिन अघि संस्था बन्द गरे पछि बालबालिकाको रेखदेखमा समस्या भएको छ । भूटानी शरणार्थी शिविरमा ९ बर्ष देखि संचालित समूदायमा आधरित बालबालिका रेखदेख केन्द्र अहिले आएर बन्द भएको छ । यो केन्द्र बन्द भएसँगै भूटानी शरणार्थी शिविरमा उच्च जोखिममा रहेका बालबालिकाहरुलाई थप समस्या भएको छ । यो समस्या समाधानको लागि बालबालिका रेखदेख केन्द्रलाई पुर्नसंचलनमा ल्याउन शरणार्थीहरुले आग्रह गरेका छन् ।
See live video story