भिडियो हेर्दा धेरैको आँखा रसाए:- बाल गायक अशोकको दोस्रो गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो स्टोरी सहित)

0
868

अशोकका साथी स्माइल धिमाल भुइकटरेको वेजोड अभिनय
१९ साउन/२०७५
दमक/अशोक दर्जीले गाएको दोस्रो गीत झिलामा फुल्यौको म्यूजिक भिडियो आज एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
युवा मन नेपालको आयोजनामा उर्लावारीमा भएको कार्यक्रममा यूट्यूवमा अपलोड गरिएको भिडियो प्रर्दशन गर्दैै म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आथित्यमा भएको कार्यक्रममा म्युजिक भिडियो खेले वापत १० हजार रुपयाँ अशोक दर्जीका साथी बाल कलाकार स्माइल धिमाललाई प्रदान गरिएको छ । सार्वजनिक गरिएको भिडियो सुमन योन्जनको निर्देशन, चर्चित मुर्तिकार तथा सहित्यकार मञ्जुल मितेरीको शव्द÷संगीत र अशोक दर्जीको स्वरमा तयार गरिएको हो । म्यूजिक भिडियोबाट विपन्न परिवार स्माइल धिमाल भूइकटरेको घर निर्माणमा थप सहयोग पुगोस् भन्दै गीतकार मञ्जुलले भिडियो सन्देश पठाई कार्यक्रममा प्रदर्शन समेत गरिएको छ ।
बाल कलाकार धिमालको अध्ययनमा सहयोग गर्दै आउनु भएका वेथेल एजुकेशन एकाडेलीमा प्रिन्सिपल दिपक न्यौपानेको सभापतित्वमा भएका कार्यक्रममा विहानी कला केन्द्रले धिमाललाई निशुल्क संगीत कक्षा सिकाउने केन्द्रकी संयोजक यशोदा शाक्यले बताउनु भयो । कार्यक्रममा मेयर फागोले अशोकको प्रतिभा र स्मायल धिमालको प्रतिभा प्रति सहयोग पुर्याउने सवैलाई धन्यवाद दिनु भयो । फागोले लुकेका अरु पनि धेरै प्रतिभाहरु गाऊँमा रहेकोले एक जनाको विषयमा मात्र विवाद र पछि नलागी सवैको खोजी गर्न सवैलाई आग्रह गर्नु भयो । कार्यक्रममा स्माइलको अभिभाकत्व ग्रहण गर्नु भएका प्रिन्सिपल न्यौपानेले भिडियो उत्पादनमा सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिनु भयो । न्यौपानेल अशोकको दोस्रो गीत प्रदर्शनले वास्तवमा भूकटरे बाल प्रतिभाको वास्तविकता देखाएको बताउनु भयो । कार्यक्रममा सहभागीहरुले म्यूजिक भिडियोले धेरैको आँखा रसाएको बताएका छन् ।

See live video story

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here