डा.केसी र सरकारको बार्ता असफल

0
905

९ साउन, काठमाडौं । सरकारी बार्ता टोली र डा. गोविन्द केसीको पक्षधरबीचको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नहुँदा वार्ता असफल भएको डा.केसीका प्रतिनिधिले आरोप लगाएका छन् । बार्ता असफल भएसँगै डा. केसीको वार्ता टोलीका पक्षधरले २२ बुँदे सूचीका आधारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने अडान समेत लिएका छन । सरकारले भने राजनीति भएका कारण डा. केसीसँगको वार्ता असफल भएको जनाएको छ । सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । तर, चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो । सरकारी टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई विधेयक संशोधनका लागि मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो । तर, नेता नेम्वाङले विधेयक संसदको विषय भएको बताएपछि सरकारी टोलीले सहमति दिन नसकेको हो ।डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्वन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले बताएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर केसी २५ दिनदेखि अनसनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here