आकासियो अशोकको विवाद, खुल्न थाल्यो गोप्य कुराहरु

0
2154

केही दिन अघि सार्वजनिक भएको अडियोबारे के भने टंक बुढाथोकीले

८ साउन २०७५/डिकेश लामा
दमक/यूट्यूव मार्फत ह्वात्तै चर्चामा आएका अशोक दर्जीको विषयलाई लिएर विवाद चुलिएकोछ । केही दिन अघि अशोकलाई उसले अध्ययन गर्दै आएको विधालयबाट थाहै नदिई काठमाण्डौं लगे पछि यो विवाद चुलिएको हो ।
उर्लावारीको वेथेल एजुकेशन एकाडेमीमा अध्ययनरत अशोक दर्जीलाई सोही स्कूलका प्रिन्सिपल दिपक न्यौपानेले १२ सम्म अध्ययन गराउने भनी परिवारसँग सम्झौता गरी लगेका न्यौपानेले दावी गर्नु भयो । यता अशोकको संगीतकार टंक बुढाथोकीका अनुसार आफूले अशोकको बुवा र आमासँगको सल्लाह अनुसार काठमाण्डौं पढाउँनका लागि अशोकलाई काठमाण्डौं लगिएको दावी गरेका छन् ।
यस विषयलाई लिएर स्थानीय गाऊँलेहरुले समेत साक्षीमा बसेर अशोकलाई वेथेल स्कूल उर्लाबारी लगेकोले काठमाण्डौं लानु पूर्व साक्षी बसेका गाऊँलेहरुको कुरा समेत सुन्नु पर्ने स्थानीय डिल्लि भट्राईले बताउनु भयो ।
निक्कै चर्काचर्की परेको विवादमा पत्रकारले केही दिन अगाडि सार्वजनिक भएको अडियोको विषयमा सोध्दा संगीतकार बुढाथोकीले आफ्नो दाजुले जिस्किएर वा तनाव कम गर्न त्यस्को अभिव्यक्ति बाहिर आएको बताउनु भयो । हेरौं यो विषयलाई लिएर गरिएको प्रत्यक्ष भिडियोहरु जस्ताको तस्तै ।

See live story by GlabalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here