दमक रनले अन्तराष्ट्रि स्तरको तेस्रो दमक रन गर्ने

0
1440

अध्यक्षमा पुन: राई

  ७ साउन २०७५/डिकेश लामा
दमक/२ बर्ष अघि देखि नियमित बार्षिकरुपमा दौड प्रतियोगिताहरु गर्दै आएको दमक रनले तेस्रो बर्ष दमक रनलाई अन्तराष्ट्रिय स्तरको बनाउने तयारी थालेको छ । दुई बर्ष भित्र नगर देखि राष्ट्रिय स्तरको १ दर्जन हाराहारीका दौड प्रतियोगिता गरिसकेको रनले यो बर्ष भारत, भूटान समेतलाई समेटेर दौड प्रतियोगिताको तयारी थालेको दमक रनका अध्यक्ष दिवश राईले बताउनु भयो । साधारणसभाबाट दमक रनले
अध्यक्ष पदमा पुनः दिवस राई चयन गरेको जानकारी दिएको छ । गत शनिबार दमक रनको प्रथम साधारण सभाबाट पुनः दोस्रो कार्यकालका लागि राईलाई नै अध्यक्षमा चयन गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
साधारण सभामा भएका निर्णयहरु सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । दिवस राईको अध्यक्षतामा दमक रनको आगामी कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसअन्तर्गत दमक रनको उपाध्यक्षमा सुधिर प्रधान, सचिवमा कृष्णराज दाहाल, सहसचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा इन्दिरा बस्नेत र सहकोषाध्यक्षमा ममता रञ्जितकार रहेका छन् । समितिको सदस्यहरुमा रन्दिप राई, रक्कि धिमाल, प्रकाश आरडी, केदार बस्नेत, जीवन चुडाल, भविन राई, बमबहादुर चौहान, विजयकुमार राई, राजेन्द्र दंगाल,नबीन तामाङ र शंकर विश्वकर्मा रहेका छन् ।
साधारणसभाले चार सदस्यीय सल्लाहकार समिति र विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । सल्लाहकार समितिमा राजेन्द्र राई, राजेश राई, चैतन्य बराल र दिपेन्द्र दाहाल रहेका छन् । त्यस्तै, संस्था सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसअन्तर्गत दमक रन सञ्चालन उपसमिति, आर्थिक उपसमिति, कानुनी सल्लाहकार उपसमिति, खेलकुद तथा स्वास्थ्य उपसमिति समेत गठन गरिएको सचिव कृष्णराज दाहालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष राईले दमक रनलाई विश्वव्यापी बनाउनेतर्फ लागिपर्ने बताउनु भयो । उनले बर्सेनी आयोजना गर्दै आएको दमक रन कार्यक्रमलाई आगामी बर्षदेखि राष्ट्रिय व्यापी मात्र नभई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्घोष गर्नु भयो । दुई वर्ष अघि स्थापना भएको दमक रनले दमक र आसपासको क्षेत्रमा नगर स्तरीयदेखि राष्ट्रिय स्तरको एक दर्जन दौड प्रतियोगिताहरु सम्पन्न गरिसकेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here