१ करोड खर्च भए पनि खानेपानीको समस्या हटेन (भिडियो स्टोरी सहित)

0
1627

भूटानी शरणार्थी शिविर र स्थानीय क्षेत्रमा खानेपानीको समस्या

४ साउन २०७५/डिकेश लामा
दमक/झापाको दमक उत्तरी क्षेत्रमा लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका नागरिकहरुले खानेपानी योजना संचालन भए पनि खानेपानीको समस्याबाट मुक्त हुन सकेका छैनन् । बर्षौं देखि खानेपानीको अभाव झेल्दै आएका दमक वडा नं. ३ दुम्सेका बासिन्दाले खानेपानी संचालन भएको ४ बर्ष भईसक्दा समेत खानेपानी समस्याबाट मुक्त पाउन नसेका हुन् । हालसम्म १ करोड भन्दा धेरै रकम खर्च भईसक्दा समेत पुग्दो र नियमित खानेपानी वितरण हुन सकेको छैन ।
भूटानी शरणार्थी दातृ निकाय यूएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडरेशनले ४२ लाख, उपभोक्ताले १० लाख, नगरपालिकाको २० लाख सहित पटक पटक मुहान मर्मत खर्च र पाईप विस्तार गरी १ करोड भन्दा धेरै खानेपानीमा खर्च भईसकेको छ ।
दुम्से खानेपानीमा गत असारको अविरल बर्षा र बाढीका कारण ३ वटा मध्ये २ वटा मुहानमा क्षति पुगेको छ । मुहानको फिल्टर पाइप बगाए पछि प्रति सकेन्ड १० देखि १२ लिटर ट्याङ्कीमा जम्मा हुने पानी हाल ४ लिटरमा झरेको छ । ट्याङ्कीमा आवश्यक पानी जम्मा हुन नसके पछि पानीको अभाव हुन थालेको छ । पानीको अभाव भएसँगै गाऊँका मानिसहरु पैनी र खोालको पानी पिउन बाध्य रहेको स्थानीय ओमशान्ति टोल विकास संस्थाका अध्यक्ष मानबहादुर लिम्बुले बताउनु भयो ।
मावा खोला ढुङ्गे बाँध उत्तर क्षेत्रमा खोला भित्र नाला गाडेर फिल्छर गरी ल्याएको पानी हरेक बर्ष आएको बाढीका कारण क्षति पुग्ने गरेको छ । खोलाको दक्षिण क्षेत्रमा गहिरो उत्खनन् गरेको कारण खोलाको ढुङगा बालुवा बगाए पछि ३ देखि ४ मिटर तल गाढेको पाइप समेत बारम्बार बगाउने गर्छ । खोला उत्खनन अति गहिरो भएको कारण करोड भन्दा धेरै लगानी भएको खानेपानी योजना नै बन्द हुने स्थिति रहेको दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता समितिका व्यवस्थापक चन्द्रप्रसाद निरौलाले बताउनु भयो ।
५ सय धारा जडान भइसकेको दुम्से खाने पानी योजना अन्तर्गत भूटानी शरणार्थीहरुलाई पनि ४० प्रतिशत दिने सर्तमा योजना संचालनमा ल्याएको हो । बाढी आउँदा भूटानी शरणार्थी शिविरमा समेत पानीको अभाव हुने गर्छ । बाढी आएर पाइप बगाए पछि धमिलो पानी पिउन बाध्य भएको स्थानीय पुष्पा पौडेलले बताउनु भयो ।
हरेक बर्ष खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने र क्षति पुर्याउने गरे पछि दमक वडा नं. ३ उत्तरी क्षेत्रका बासिन्दा र भूटानी शरणार्थीले खानेपानीको समस्या भोग्न बाध्य भएका छन् ।
लामो समय देखि खानेपानीको मुहानमा पटक पटक आएको समस्यालाई उचित र दिर्घकालिनरुपमा व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

See video story By Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here