फ्रान्स बिश्वकप फुटबलको उपाधि नजिक

0
782

२७ असार, काठमाण्डौ ।  बेल्जियमलाई एक शुन्यले हराउँदै फ्रान्स बिश्वकप फुटबलको फाइनलमा पुगेको छ । फाइनल प्रवेशका लागि भएको खेलमा ५१ औं मिनेटमा स्यामुयल उमटिटीले गरेको गोल नै फ्रान्सका लागि निर्णायक सावित भयो । बेल्जियमलाई हराएसँगै फ्रान्स २० बर्षपछि पुनः बिश्वकप फुटबलको उपाधि नजिक पुगेको हो ।

फ्रान्सले सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप उपाधि जितेको थियो । उपाधिका लागि फ्रान्ससँग अब क्रोएशिया र इङल्याण्डबीचको बिजेताले खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here