८ बर्ष देखि शुरु गरिएको स्वास्थ्य केन्द्र नवन्दा समस्या

0
844

पटक पटक म्याद थप्दा पनि अझै बनेन स्वास्थ्य केन्द्र
२५ असार २०७५/डिकेश लामा
दमक/ दक्षिण झापाको खजुरगाछीमा ८ बर्ष अघि देखि निर्माण निर्माण शुरु गरिएको प्राथमिक स्वास्थ्य केन्द्र हालसम्म निर्माण हुन नसक्दा सेवाग्राहीहरु मारमा परेका छन् । नेपाल सरकार सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामसँग २०६७ साल जेष्ठ १४ गते सम्झौता भई थालनी भएको काम अझै सकिएको छैन । शंकरमाली, पुष्पाञ्जली र कून्सालिङ्ग निर्माण कम्पनिको ठेक्कामा थालनी गरिएको काम २०६८ साल मंसीर १२ गतेसम्ममा काम सक्ने सम्झौता भएको हो ।
तर सम्झौता भएको ८ बर्ष भईसक्दा समेत स्वास्थ्य केन्द्र नवनिए पछि सामान्य विरामी बाहेकका अन्य दक्षिण झापा पश्चिम क्षेत्रका विरामीहरु बाहिर गएर उपचार गर्न बाध्य भएका छन् । भ्याट बाहेक ३ करोड ६२ लाख ६३ हजार ९ सय ७८ रुपयाँ रकममा ठेक्का लिएको १५ वेड विरामी राख्न सक्ने क्षमताको स्वास्थ्य केन्द्र हालसम्म निर्माण हुन नसकेको डिभिजन कार्यालयका सवइन्जिनियर सुरज दाहालले बताउनु भयो ।
कामको गुणस्तर कम्जोर नरहे पनि अझै २० प्रतिशत काम बाँकी रहेको र असार मसान्तसम्म पनि अझै निर्माण नसकिने दाहालले बताउनु भयो ।
तर यता पुन म्याद थप गरी २०७४ फाल्गुन ३० गतेसम्म काम सक्ने गरी थालिएको काम १० प्रतिशत मात्र बाँकी रहेको कुन्सालिङ्ग कम्पनिबाट रेखदेखमा खटिएका कर्मचारी मोहन सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार भवनको कोठाको टायल र ढल निकासको काम बाँकी रहेको दावी गर्नु भयो ।
ढेड बर्षमा सकिनु पर्ने काम ८ बर्ष भईसक्दा समेत निर्माण सम्पन्न नहुँदा दक्षिण झापाका धेरै नागरिकहरु नेपाल तथा भारतका टाढा रहेका अस्पतालमा जान बाध्य छन् । स्वास्थ्य जस्तो संवेदशील र अति आवश्यक विषयको भवन निर्माणमा ढिलाई भइरहँदा समेत सरकारले कार्वाही गर्न नसक्नुले भौतिक निर्माणको कार्यमा थप लापार्वाही हुँदै जाने स्थानीय नागरिकहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here