घाइते मेकानिक किस्कुलाई ५३ हजार सहयोग

0
845

मेकानिक टे«ड युनियनमा तिमिल्सिना

२४ असार २०७५
दमक/दुर्घटनामा परी घाइ्ते हुनु भएका मेकानिक जिवन किस्कुलाई ५३ हजार नगद सहयोग हस्तान्तरण गरिएको छ । झापाको दमक नेपाल अटो मेकानिक ट्रेड युनियनको नगर अधिवेशनको कार्यक्रममा किस्कुलाई नगर र केन्द्रिय कमिटिको तर्फबाट नगद हस्तान्तरण गरिएको हो । अधिवेशनले अध्यक्ष पदमा लामो समय अटो मेकानिक क्षेत्रमा कार्य गरी सक्नु भएका चिन्तामणि तिम्सिनालाई सर्वसम्मतिबाट चयन गरिएको छ । यस्तै युनियन नगर कमिटिको उपाध्यक्षमा दुर्गानन्द शाह, सचीवमा दिनेश थापा, कोषाध्यक्षमा देविप्रसाद रिमाल चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा पेम्बा लामा, निराजन तिम्सिना, हरि राजबंशी, नारायण चौधरी, पुष्प पाण्डे चयन हुनु भएको छ । अधिवेशनले सल्लाहकार समितिमा सुमन सेडाई, दुर्गा गौतम र हरि अधिकारीलाई छनौट गरेको छ । निवर्तमान अध्यक्ष सुमन सेडाईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नाटुका महासचीव तुलसी ढकालले मेकानिकहरुको संगठनले भावी दिनमा थप जिम्मेवार भएर काम गर्नु पर्ने बताउनु भयो । यस्तै कार्यक्रममा प्रदेश नम्बर १ संयोजक धनपति सत्याल, जि फन्ट दमक नगर कमिटिका अध्यक्ष लक्ष्मण बस्नेत लगायतले बोल्नु भएको कार्याक्रम संचालक हरि अधिकारीले बताउनु भयो ।
नयाँ कार्य समितिलाई जिम्मेवारी दिँदै कार्यक्रममा सवैले सवैको हितमा काम गर्न गराउँन जिम्मेवार हुनु पर्नेमा जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here