२६ बर्ष अघि देखि कार्यरत कर्मचारीको विदाईमा सवै दुःखी

0
922

भूटानी शरणार्थीबाट सम्मान

 २५ असार २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी समूदायमा लामो समय कार्य गरी निस्कने कर्मचारीलाई आज शरणार्थीहरुले एक औपचारिक कार्याक्रमबीच सम्मान गरेका छन् ।
शिविर सचीव टिकाराम रसाईलीको सभापतित्वमा भएको कार्याक्रममा विश्व लुथरन फेडरेशनबाट योजना सकिएर निस्किएका कर्मचारीहरु उद्धप कूँवर, सागर नेपाल, नगेन्द्र शाह, दिलबहादुर बुढाथोकी, कुमार डाँगी र निर्मल खड्कालाई नेपाली टोपी, खदा र सम्मान पत्रले सम्मान गरिएको छ । शिविर सुपरिवेक्षक सुरेन्द्रप्रसाद दाहालको प्रमुख आथित्यमा भएको कार्याक्रममा ७ देखि २६ बर्षसम्म काम गरेर शरणार्थी समूदायबाट विदाई हुँदा आफूहरुलाई नरमाइलो लागेको कर्मचारीलेहरु बताएका छन् ।


कार्यक्रममा श
रणार्थी शिविर स्थपना देखि काम गर्दै आउनु भएका सर्लाही घर हुने नगेन्द्र शाहले आफूले जिवनका आधा उमेर शरणार्थी समूदायसँग विताएकोले उनीहरुबाट अलगिनु पर्दा आफूलाई दुःख लागेको बताउनु भयो । कार्यक्रममा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय, विश्व लुथरन फेडरेशन, टिपीओ नेपाल सामाजिक अगुवाहरुको उपस्थिति रहेको छ ।
यस अघि झण्डै ८ दर्जन हाराहारीका शरणार्थी निकायबाट कर्मचारीहरु बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here