३१ जेठ, एजेन्सी । आयोजक रुसले बिश्वकप फुटबलमा शानदार जित निकालेको छ । २१ औं संस्करणको विश्वकप अन्तरगत आज भएको उद्घाटन खेलमा रुसले आफू भन्दा बरियातामा तीन स्थान माथि रहेको साउदी अरबलाई ५ – ० फराकिलो अन्तरले हराउँदै दोस्रो चरण प्रवेशको सम्भावनालाई सहज बनाएको छ । पहिलो हाफसम्म दुई शुन्यले अग्रता कायम गरेको रुसले दोस्रो हाफको ७१ औ र अतिरिक्त समयमा गरेको दुई गोलले साउदीमाथी सहज जित निकालेको हो । रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले गोल गर्दै अग्रता दिलाएका थिए। ४३ मिनेटमा चेरिसेभले दोस्रो गोल गरे। त्यस्तै ७१ मिनेटमा डिज्यबाले रसियाका लागि तेस्रो गोल गरे । दोस्रो हाफको अतरिरक्त समयको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल गर्दा रसियाको अग्रता ४-० मा पुग्यो । यस्तै अतिरिक्त समयको चौथो मिनेटमा गोलोभिनले रसियाका लागि पाँचौ गोल गरे । विश्वकप फुटबलमा सहभागी ३२ राष्ट्र मध्ये फिफा बरियातामा सबै भन्दा कमजोर अर्थात ७० औं स्थानमा रहेको रुसले ६७ औं स्थानमा रहेको साउदीलाई हराएसँगै दोस्रो चरण प्रवेशका लागि निकै बलिया मानिएका उरुग्वे र इजिप्टको सामना गर्न समेत सहज हुने आंकलन गरिएको छ ।
ताजा पोष्ट
ग्लोबल भुटानी हिन्दु संगठनद्वारा आचार्य पर्वत राज घिमिरे मुख्य पुजारीमा नियुक्त
@अर्जुन प्रधान
ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशन (GBHO) ले बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा आचार्य श्री पर्वत राज...
न्यु ह्याम्पसायरमा नेपाली भाषी भुटानी र राजनीतिक बन्दीबारे ऐतिहासिक प्रस्ताव दर्ता
@अर्जुन प्रधान
न्यु ह्याम्पसायर — न्यु ह्याम्पसायर राज्य सभाको राज्य–संघीय सम्बन्ध र पूर्वसैनिक मामिला समितिमा भुटान सरकारद्वारा १९८० र १९९० को दशकमा नेपाली...
ग्रीनल्यान्ड : अमेरिकी चासो, शक्ति राजनीति र बदलिँदो आर्कटिक भू–राजनीति
विश्व शक्तिहरूको प्रतिस्पर्धा चर्किँदै जाँदा उत्तर ध्रुव नजिकको विशाल टापु ग्रीनल्यान्ड फेरि अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रमा आएको छ।
दोस्रो...












