डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर तर गम्भीरः न्यूरो अस्पताल

0
990

२६ जेठ, काठमाडौं । गम्भीर अवस्थामा बाँसबारीस्थित न्यूरो अस्पतालको आइसीयू कक्षमा उपचारारत डा. उपेन्द्र दोबकोटाको स्वास्थ्य अवस्था अहिले पनि गम्भीर र स्थिर अवस्थामै रहेको अस्पतालले जनाएको छ ।

अन्य दिनको तुलनामा रोगले च्यापेर अलिक गम्भीर बनाएकै भरमा अनेकौं टिकाटिप्पणी गर्दै सामाजिक सञ्जालमा फैलिएको अपवाहप्रति मर्माहत भएको अस्पतालले परिवारले आज विहान विज्ञप्ति जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारिक सूचनालाई विश्वासमा लिन आग्रह गरेको छ । विज्ञप्ति जारी गर्न अघि ग्लोबल पोष्ट इन्फोका लागि टोलिफोन कुराकानी डा. देवकोटाका सहयोगी तारा अधिकारीले भनेका थिए – ‘डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर छ स्वास्थ्य अवस्थाबारे एउटा प्रेस रिलिजको तयारी गर्दैछु अपवाह फैलाइएकाले आजित भयौ ।’

यसैबीच  डा. देवकोटा शनिबार बिहानै अस्पताल परिसरमा टहलिँदै गरेको भेटिए। बिहान ८ बजेको हाराहारीमा उनलाई आईसीयू कक्षबाट बाहिर ल्याइएको थियो। अक्सिजनसहित ह्विल चेयरमा राखिएका उनले परिवकारका सदस्यसँग सांकेतिक कुराकानी समेत गरेको बताइएको छ । वरिष्ठ न्युरोसर्जन देवकोटालाई पित्तथैली सम्बन्धी क्यान्सर भएको हो। पित्तथैली र पित्तनली वरिपरिको भागमा हुने यो क्यान्सरलाई चिकित्सा भाषामा ‘कोलान्जिओकार्सिनोमा’ भन्ने गरिन्छ।  बिरामी भएपछि डा. देवकोटा बेलायतको किङ्ग्स कलेज उपचारका लागि पुगेपनि शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि उनकै इच्छा अनुसार नेपाल फर्काएर उपचार जारी राखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here