नेपालमा पनि सट्टेबाजी, पूर्व खेलाडीसहित ६ पक्राउ

0
2065

काठमाडौं | नेपालमा पनि बिभिनन समयमा हुने खेलहरुमा सट्टेबाजी हुने गरेको सुन्दा तपाई छक्क पर्नुहुन्छ होला । बिभिन्न समयमा हुनेगरेका यस किसिमका अबैधानीक धन्दाहरुले धेरैलाई अफ्ठेरो स्थितीमा पु¥याएईसकेको छ । पछिल्लो समय यस्तै अबैध कार्य गरेको अभियोगमा नेपालका पुर्ब राष्ट्रिय खेलाडी सहित प्रहरिको फन्दामा परेका छन् । फुटबल र क्रिकेटमा अनलाइन सट्टेबाजी गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी, गौरव तिवारी, दिनेश बोगटी, विजय श्रेष्ठ र नगेन्द्र सुवाल रहेका छन् ।

अञ्जान केसी यसअघि पनि चर्चामा रहेको म्याच फिक्सिङमा काण्डमा पक्राउ परेका थिए । त्यस काण्डमा उनि धरौटीमा छुटेका थिए । उनलाई एएफसीले फुटबल खेल्न आजीवन प्रतिबन्ध लगाइसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । परिसरका डीएसपी मोहन थापाले उनीहरु पक्राउ परेको पुष्टि गरेका छन् । पक्राउ परेकाविरुद्ध आज (मंगलबार) काठमाडौं जिल्ला अदालतबाट जुवा ऐन र ठगीमा म्याद थप गर्ने तयारी छ ।

उनीहरुले फुटबल र क्रिकेटमा जितहारसँगै, रन, विकेट, चौका–छक्का र गोललगायतका विषयमा करौडौं बराबरको सट्टेबाजी लगाउने गरेको पाइएको प्रहरी स्रोतले बतायो । उनीहरुले अनलाइन जुवा खेलाउन बुकीको काम गर्दै आएका थिए । प्रहरीले उनीहरुबाट जुवा खेलाउन प्रयोग हुने सामग्री, ल्यापटप, मोबाइललगायतका सामग्री बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरले भने पत्रकार सम्मेलनमार्फत् सबै कुरा सार्वजनिक गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here