संसदीय दलको उपनेता नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा

0
1148

ओली र प्रचण्ड द्वारा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलमा कार्य्िवभाजन गरिएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डले शनिबार साँझ प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्य्विभाजन टुंग्याएका हुन् ।
शनिबार बालुवाटारमा भएको अध्यक्षद्वयबीचको छलफलले चार पदमा तत्कालीन दुई पार्टी एमाले र माओवादी तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो ।
नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति ओली–प्रचण्डले गरेका जनाईएको छ ।
गत हप्ता नै नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री केपी ओली चयन भइसकेका छन् ।
त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरीलाई बनाउने सहमती भएको छ । गुरुङ तत्कालीन माओवादीका तर्फबाट संसदीय दलको प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन् ।
राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतक आज बस्ने ओली प्रचण्डको वैठकले टुंगो लगाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here