सिरोई परिवारले गर्यो दोस्रो चर्चा

0
1005
Post Report: Manipur Indai, May 27, 2018.
सिरोई सिर्जनाले दोस्रो साहित्यीक चर्चा तीन सर्जकहरु संग सम्पन्न गर्यो। गत तिन वर्ष बाट साहित्य सेवामा निष्पकक्ष्य लागीपरेका सिरोई परिवार ले यसै महिनाबाट नयाँ पहल सुरु गरेको हो। प्रत्येक साताको आईतबार विभिन्न स्रष्टा सर्जकहरुसंग भलाकुसारी गर्दै भाषा साहित्यका उत्थान गर्ने योजनालाई अग्रसर पारेर पाईला अघि बडाउदैछ सिरोई परिवार।
मणिपुरमा रहेर ७०को दशकबाट भाषा साहित्य समाजमा रही समाजसेवा साहित्य सेवाकार चूडामणि खरेल, ९० को दशकबाट कविताको फाटमा डुबुल्की मारेकी बसन्ती पौडेल , दुई कविता संग्रहका लेखिका र एक कविता संग्रह र छिटै कथा संग्रह प्रकाशितनार्थ जुटेका कवि कथाकार सीता देवी छेत्री त्रिलहरी गरि जम्मा यी तीन स्विशिष्ट ब्यक्तित्वहरुसंग सिरोई पत्रिकाको प्रधान सम्पादक राहुल राई “बोगिको”को प्रमूख सहजीकरण र सम्पादक सूरज चापागाई, सम्पाकद दीपक पन्थ साथै सल्लाकार राम प्रसाद पौडेलको उपस्थितिमा आजको साहित्य चर्चा, अन्तरकृया गहन र सरल ढंगबाट करिब २ घण्टाको अवधिभर संचालनमा रहयो ।
 तीनै सर्जकका भनाईमा यसरी यस पक्रारले साहित्य चर्चा भई रहेमा मणिपुरका नेपाली साहित्य साथै हाम्रो लेखनमा परिमार्जित हुनेछ । आज सिरोईको चर्चामा आएर साहित्यको थुप्रै टोनिक पायौ भनेर आफु साथै सिरोई परिवारलाई पनि उर्जावान बनाए तीन सर्जकहरुले । तीनैजना भरखरै मणिपुर बाहिर गई आएकोले कस्तो अनुभव बटुले , साहित्यको फाटमा मणिपुर र बाहिरको विविधतामाथी पनी चर्चा रहयो । अन्तमा युवा कवि सूरज चापागाईको कविता संगै कार्यक्रम समाप्त भयो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here