१२ जेष्ठ, काठमाडौं । ७ महिनामा ५५ लाख कमाएको भनेर आलोचित भइरहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्पत्तीको आफ्नो सम्पत्तिको स्रोत ससुरालीले दिएको जग्गा भएको प्रष्ट्याएका छन ।शनिबार रिपोर्टस क्लबले काठमाण्डौमा गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले उनले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको समेत बताएका छन् । २०७० सालमा पहिलो पटक मन्त्री भएको र ससुरालीले दिएको जग्गानै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न उनले आग्रह समेत गरे । यद्यपी ७ महिनाअघि कात्तिकमा आफूसँग चुनाव लड्ने पैसासमेत नभएको भन्दै लालबाबु पण्डितले सर्वसाधरणलाई सहयोग गर्न आग्रह गरेका थिए । चुनाव लड्ने पैसा नभएको खबर सार्बजनिक भएपछि लालबाबु पण्डितलाई अस्ट्रेलियामा बस्ने राधिका पोखरेल एक्लैले ५ लाख ११ हजार १ सय रुपियाँ सहयोग गरेकी थिइन् भने कतारमा रहेका मजदुरहरूले पण्डितलाई चुनाव खर्च भन्दै ६० हजार पठाएका थिए । सात महिनाको अन्तरालमा मन्त्री पण्डितको सम्पत्ती सरकारले गत बुधबार सार्बजनिक गरेको सम्पत्ति विवरणमा भने आश्चर्यजनक तवरले बढेपछि सर्बत्र आलोचना भइरहेको छ ।
ताजा पोष्ट
भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा
अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।
भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...
परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा
अर्जुन प्रधान
काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...
हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न
अर्जुन प्रधान
हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...












