ओ.बि.सि.ए उपाध्यक्ष राई पत्नी शोकमा

0
2675
स्वर्गीय अन्सु राई

Post Report: Massachusetts, May 5 2018.
सन् २०१३ देख अनवरत रुपमा ओर्गनाईजेसन अफ भूटनिस् कोम्मुनिटी इन् अमेरिकका (Organization of Bhutanese Community in America) आबद्ध भइ हाल उपाध्यक्षको जिम्देवारी समाल्दै आउनुहुने साथै भूटनिस् किरात राई ओर्गनाईजेसन इन् अमेरिका (Bhutanese Kirant Rai Organization in America)को समेत उपाध्यक्ष रहनुहुने आइत राज, पत्नी शोकमा पर्नु भएको छ | हिजो बैशाख ३० गते २०७५, आइतबार बेलिका ४;३८ बजे निधन भएको उपचार संलग्न डाक्टरले औपचारिक घोषणा गरेको हो | राई पत्नी अन्सु राईको ब्रेन हेमरेजको कारण निधन भएको हो |

अमेरिकाको मैसाचुसेट्स (Massachusetts) राज्यमा रहदै आउनुभएको उपाध्यक्ष राईसँग एक छोरा र एक छोरी साथमा छन् | उहाको शोकको यस घडिमा ओ.बि.सि.ए अध्यक्ष दिलिप दाहाल, पूर्व अध्यक्ष डी.बि कुलुंग, अन्य पदाधिकारीहरू , लगायत शुभचिन्तकहरूले शोक ब्यक्त गरिरहेछन् । समाज सेवा तथा गीत संगीत छेत्रमा राम्रै योगदान पुर्याउदै आउनुभएका राई प्रति धैर्यधारण गर्ने शक्ति मिलोस, दिबंगत आत्मा प्रति हार्दिक श्रद्दान्जली एबम परिवार जनप्रति हाम्रो तर्फबाट हार्दिक समबेदना !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here