ड्यालस टेक्सासमा महाकविको १ सय ५ औं जन्मजयन्ती

0
1237

105 Laxmi Jayanti in Dallas

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय ५ औं जन्म जयन्ती ड्यालस टेक्सासमा भव्य रूपमा मनाइयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सासले गत नोवेम्बर १ तरिक शनिवार बृहत् प्रतियोगितात्मक बाल तथा बयस्क कवि गोष्ठीको आयोजना गरेको थियो ।

लगभग २५ जना कविहरुको सहभागिता रहेको उक्त गोस्ठीमा बयस्क तर्फ पुष्पराज भुप कुमारी साहित्य पुरस्कार $३००/$२०० तथा $१०० नेपाली समाज टेक्सासका पूर्व सभापति एवम् समाजसेवी गौरीराज जोशी द्वरा प्रायोजन गरिएको थियो भने बसुन्धरा बाल साहित्य पुरस्कार $२००/$१००/$५० तथा $२५ नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्रका अध्यक्ष डा मुलारी अधिकारीको सौजन्यताबाट प्रदान गरिएको थियो।

अनेसासका सभापति बाशु शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन कवयत्री चम्पा पाण्डेको सञ्चालनमा भएको उक्त कार्यक्रममा इन्दिरा भुषालले उपस्थितिलाई स्वागत गरेकी थिइन् भने निर्णयक मन्डलीमा भरत पन्त, देविप्रसाद चापागाईं र कृष्णकुमारी पौडेल रहेका थिए।

प्रतियोगिता बाल बालिका तर्फ विज्ञान देवकोटा प्रथम, ईशा घिमिरे द्दितिय, प्रभात भुशाल त्रितिय र असीम अधिकारीलाई सन्त्वनापुरस्कार प्रदान गरिएको थियो। त्यसैगरि बयस्क तर्फ भोज बहादुर बलायर प्रथम, निर्मला देवकोटा द्दितिय र लिलाधर अधिकारी त्रितिय हुनु भएका थिए ।

उक्त कार्यक्रममा शैलेश आचार्य प्रमुख अथिति र भुप कुमारी जोशी विशेष अथिति रहेका थिए।कार्यक्रका प्रमुख अथिति र विशेष अथितिले पुरस्कार प्रदान गर्नु भएको थियो ।कार्यक्रम लगभग ६० जना कबि-कवयित्रीहरुको उपस्थित थियो ।

कार्यक्रमको अन्तमा अध्यक्ष बासु शर्माले कार्यक्रममा उपस्थित सबै हार्दिक आभारब्यक्त गर्दै कार्यक्रमलाई समापन गरेका थिए।

साभार : नमस्ते युएस डटकम /टेक्सास, विकास राज न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here