चुलाचुलीबासी विकासका लागि एक हुनु पर्ने

0
1006

१५ बैशाख २०७४ 
 चुलाचुली/इलामको सुदुर दक्षिण क्षेत्रमा पर्ने चुलाचुलीबासीहरु विकासका लागि सवै एक हुनु पर्ने कुरामा जोड दिइएको छ । गत बैशाख १ गतेकै दिन बम विष्फोटका कारण रोकिएको शुभकामना आदानप्रदान कार्यक्रम आज गर्दै सो क्षेत्रका अगुवाहरुले सो कुरा बताएका हुन् । नेकपा एमाले चुलाचुली गाऊँ कमिटिको आयोजनामा भएको कार्यक्रममा बोल्दै सो क्षेत्रका काँग्रेश, माओवादी, एमाले, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, शैक्षिक तथा समाजिक अगुवा लगायतका गाऊँ तथा जिल्ला स्तरका नेतृत्वहरुले गाऊँ विकासमा एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा चुलाचुली गाऊँ संगठन कमिटि इन्चार्ज ओमनारायण खनालको प्रमुख आथित्यमा भएको कार्यक्रममा काँग्रेशका तर्फबाट सुवास आङथुपो, राजेन्द्र राजेन्द्र केरुङ्ग, माओवादी केन्द्रका तुला लावाती, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलबहादुर कार्की, साहित्यकार विवश वलिभद्र कोइराला, संघीय समाजबादी फोरम नेपालका गजेन्द्र याक्खा, प्राध्यपक जिवन अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विपिन योङ्हा, चुलाचुली गाऊ पालिकाका अध्यक्ष प्रदिप चन्द्र राई, शैक्षिक तथा सामाजिक अगुवा लगायत ढेड दर्जन भन्दा धेरैले गाऊँ विकासमा पारदर्शी, सहकार्य र सर्वपक्षीय छलफलबाट अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । 

नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा चुलाचुली गाऊँ संगठन कमिटिका सहसंयोजक नारायण लावतीको सभापतित्वमा भएको कार्यक्रममा चुलाचुली क्षेत्रका सवै वडाहरुबाट जिम्मेवार पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here