एक साँझको कुरा हो | कुनै विषयमा लोग्नेस्वास्नी वीच झगडा पर्यो | लोग्नेले एक थप्पड स्वास्नीको गालामा बजाए | स्वास्नीले पनि गोडाको चप्पल खोलेर लोग्नेतिर फ्यालिन् | थप्पडको जवाफ चप्पलले फर्क्यो | दूवै फत्फताउँदै घरभित्र पसे | आ-आफ्ना कोठामा गएर ढोका थुने | भोलीपल्ट लोग्नेका हितालुहरूले भने “लोग्नेलाई चप्पल बजाएर तेसले कुलको विजेत गरी | एसलाई तेसै छोड्ने हो भने सबैले जोइको हरुवा भन्छन् | एसलाई ठीक लगाउनुपर्छ | लोग्ने भनेको लोग्ने नै हुन्छ | आइमाईले लोग्नेको इज्जत गर्नुपर्छ |” लोग्ने श्रीमतीलाई तह लगाउन कस्सिए |
कसैले माइतीतिर फोन गरिदिएछ | भोलीपल्ट नै माइतीले आफ्नी छोरीलाई लिएर गए | संगै आठवर्षकी छोरी पनि थिइन् | माइतीमा आफन्त र साथीले भने “एस्तो हात उठाउने लोग्नेसंग बस्नुहुँदैन | नारीले पुरुषको अत्याचार सहेर बस्नुहुँदैन | यो मान्छेलाई पाठ पढाउनै पर्छ | आखिर लोग्ने र स्वास्नी वरावरी हुन् |” श्रीमती पनि लोग्नेलाई सवक सिकाउन तम्तयार भइन् |
श्रीमान्/श्रीमती एकअर्कोलाई कुनै पनि हालतमा तह लगाएरै छोड्ने मनस्थितिमा थिए | केही आफन्तले ती दुई जोइपोईलाई जोड्ने प्रयास गरेको काम लागेन | जोड्ने भन्दा तोड्नेको शक्ति बढी भयो | अनि, वकिलमार्फत पारचुकेको “नोटिस” लेनदेन भयो | वकिल र तोड्नेहरू निकै खुसी थिए | तर लोग्ने र स्वास्नी दूवैलाई पारचुकेको नोटिस बिझेको थियो | अहङ्कारको अगाडी झिनो आशाको कुनै हैसियत नै थिएन |
फेरी लोग्नेस्वास्नीको भेट हुने मौका नै जुरेन | माइती र घरको दूरी निकै बढ्यो | अनि, माइतीवाल र घरबालको सल्लाहले पारचुकेको निर्णय गराए | कोर्टमा फाइल पेस भयो | पारचुकेको फर्मालीटीका लागि पतिपत्नीका सहयोगीहरूले काम गरे | कोर्टमा पनि एकआपसमा भेट्न हुनबाट जोगिने गर्थे | कर्के आँखाले हेरेर एकअर्कालाई “खुच्युंग” भन्थे |
त्यस दिन दुवैले बुझेका थिए – “अहंकार नै प्रेमको शत्रु हो | क्रोध अहङ्कारको इन्धन | अरूले जलाएको अहंकारको आगोमा प्रेमको बलिदान अनुचित मात्रै होइन अन्याय हो | घृणा, अहङ्कार तथा उपेक्षा समस्याको समाधान होइन | प्रेम, समानानुभुति र सहयोग सम्बन्धका आधार हुन् | पारचुके अन्तिम विकल्प होइन | दाम्पत्यजीवन जीवन भन्दा महत्वपूर्ण पारचुके हुनैसक्दैन |”
पारचुकेको दिन एकएकजना सहयोगीसंग आएका पतिपत्नीले कोर्टबाट पारचुके भएको कागज फेला पारे | दूवैले आ-आफ्नो जीत भएको ठाने | अनि, संयोग नै भन्नुपर्छ पारचुकेको कागज पाएका ती दूबै एउटै रेस्टुरेन्टमा खाजा खान पुगे | दुवैका आफन्त अर्को टेवलमा बसेर गफ गर्दै खाजामा व्यस्त देखिन्थे |
अर्को टेवल खाली नभएकोले पूर्वलोग्नेस्वास्नी एउटै टेवलमा आमनेसामने भए | वेटरले खाजा ल्याएर दियो | आँखा जुधे | लोग्नेले भने “बधाई छ | तिमी स्वतन्त्र भयौं |” पत्नीले पनि जवाफ दिइन् “तपाईलाई पनि बधाई छ | अव हामी स्वतन्त्र छौँ | दूवैजना एकैछिन चूप रहे |
अचानक पूर्वलोग्नेले भने “क्षमा गर | मैले तिमीलाई थप्पड हान्नु हुँदैनथ्यो | मैले गल्ती गरेकै थिएँ |” पत्नीले पनि भनिन् “हो, मैले पनि चप्पलले हान्नु हुँदैथ्यो | मैले पनि गल्ती त गरेकै हुँ नि |” पतिले भने “मैले अरूको कुरा सुनेर गल्ती गरें | छोरीले पक्कै मलाई याद गर्छिन् होला ?” “हो नि, धेरै याद गर्छे | उसले वुवाको माया गुमाएकी छे – पत्नीले कुरा थपिन् | “एउटा कुरा भनौं” – पतिले भने “म आज पनि तिमीलाई प्रेम गर्छु | तिम्रो माया मैले विर्सन सकिरहेको छैन | पारचुकेको कागज हातमा हुँदा पनि मलाई “हामी लोग्नेस्वास्नी हैनौं” भन्ने विश्वास नै लागिरहेको छैन |” पत्नीले पनि थपिन् “मैले पनि तपाईलाई धेरै नै मिस गरिरहेकी छु | हरेकपल तपाईंको याद आइरहन्छ | के तपाईंले समय मै औषधि त खाइरहनु भएको छ नि ?” दुवै आफ्नो प्रेममय अतीतमा हराए |
भावुकताले मन गह्रुंगो भयो | पूर्वलोग्नेले बोले – “मैले तिम्रो लागि हरेक महिना १० हजार दिनुपर्छ | छोरी बढ्दै छिन् | यिनको खर्च पनि बढ्दै जाने हो | कोर्टले तिमीलाई २० लाख दिनुपर्ने आदेश दिएको छ | बरू नयाबानेश्वरमा रहेको फ्लेट नै तिमीले लिए हुन्छ | मसंग नगद छैन |” “तर त्यो फ्लेटको मूल्य त ८० लाखभन्दा बढी छ नि, मलाई त वीस लाखमात्र चाहिने हो | बरू त्यो बेचेर मलाई बीस लाखमात्र दिनुस् न | बरू पैसा छैन भने अहिले नदिए पनि हुन्छ | मसंग केही नगद छ – पूर्वपत्नीले भनिन् |
“तिमी र छोरी नै छैनौं भने मलाई सम्पतिको के काम ? कमसेकम तिमी र छोरी त फ्लेटमा आरामसंग बस्न सक्छौं नि | मासिक १० हजारले खान पुग्छ, डेराको टेन्सन पनि रहन्न | म त्यो फ्लेट भोलीनै तिम्रो नाममा लेखिदिन्छु” – भन्दै गर्दा पूर्वपतिको आँखामा छल्किएको आँशु स्पष्ट देखिन्थ्यो | पत्नीको आँखामा पनि लोग्नेको माया सम्झेर आँसु रोकिएन | दुवैको मनमा प्रेम पलाइरहेको थियो | खाजा सकियो | उठ्ने बेला आयो | दूवैका आँखामा आठवर्षकी मायालु छोरीको अनुहार आयो | आँट गरेर पतिले सोधे “के हामी पुन: पतिपत्नी भएर जिउन सक्दैनौं, के हाम्रो माया पुन: स्थापित हुन सक्दैन ?” पत्नी एकै छिन स्तम्भित भइन् | दुवैले आ-आफ्नो हातमा रहेको पारचुकेको कागजलाई नियाले | आँखामा घृणा होइन प्रेम र विश्वासका पलायो | पुन: ती दूवैको मनको गहिराईमा पूर्णप्रेम जागेर आयो | घृणाका बीऊहरू बिलाए | अचानक दूवैका हातहरूले पारचुकेको कागज च्यातेर हावामा उछाले | दूवैले मुसुक्क हाँस्दै एकअर्काको अनुहार हेरे | एकअर्काको हात समातेर एकै बाटो लागे |
अरुले बुनेको असमझदारी र अहंकारको जालो उघ्रिएको थियो | थप्पड र चप्पलले निम्त्याएको अभिमान पुन: प्रेम र विश्वासमा वदलिएको थियो | त्यस दिन दुवैले बुझेका थिए – “अहंकार नै प्रेमको शत्रु हो | क्रोध अहङ्कारको इन्धन | अरूले जलाएको अहंकारको आगोमा प्रेमको बलिदान अनुचित मात्रै होइन अन्याय हो | घृणा, अहङ्कार तथा उपेक्षा समस्याको समाधान होइन | प्रेम, समानानुभुति र सहयोग सम्बन्धका आधार हुन् | पारचुके अन्तिम विकल्प होइन | दाम्पत्यजीवन जीवन भन्दा महत्वपूर्ण पारचुके हुनैसक्दैन |” “जीवन भरी संगै बस्ने छौँ, संगै भोजन गर्ने छौँ र यो गृहस्थीको रथ संगै मिलेर हाक्ने छौँ | बाटोमा दुखजिलो आए मिलेर सामना गर्ने छौँ | घृणा, अहङ्कार र दम्भका ठाउँमा प्रेम, समर्पण तथा उदारताको बाटो अगाल्ने छौँ” – ऋग्वेदका यी मन्त्र गाउँदै जीवनको बाटोमा पुन: पहिले झैं दम्पत्ति-र्ममा होमिए |