सरकारबाट बिद्यालय भर्ना अभियान सुरु, प्रधानमन्त्रीद्वारा अभिभावकत्व प्रदान

0
959

१ बैशाख, काठमाण्डौं सरकारले सुरु गरेको बिद्यालय भर्ना अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले मगुका एक बालिकालाई बिद्यालय भर्ना गराउँदै सुभाम्भ गर्नुभएको छ । दुई बर्षभित्र निरक्षरता हटाउने सरकारी लक्ष्य अनुसार प्रधामन्त्री ओलीले मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ बर्षीया छात्रा थिल्ने साङ तामाङलाई बिद्यालय भर्ना गराउनुभएको हो । उनलाई स्थानीय बुद्ध मावि मांग्रीमा भर्ना गरिएको छ ।

तामाङलाई प्रधानमन्त्री ओलीले पोषाक र पुस्तक पनि प्रदान गर्नुभयो । रारा पर्यटन महोत्सवमा पुग्नुभएका प्रधानमन्त्री ओलीले सो अबसरमा एक व्यक्तिले कम्तिमा एक जना बिद्यार्थीको अभिभावकत्व ग्रहण गर्न अपिल गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here