दमक अस्पतालमा आजदेखि आकस्मिक सेवा शुरु

0
1398

 

चैत्र ३० गते दमक/ झापाको दमकमा रहेको दमक अस्पतालमा एक औपचारिक कार्यक्रम गरेर आजदेखि आकस्मिक तथा अन्तरङ्ग सेवाको उद्घाटन गरिएको छ । २०७२ साल बैशाख देखि उपस्वास्थ्य चौकीबाट अस्पतालमा परिणत भएको अस्पतालले आज देखि आकस्मिक सेवा पनि शुरु गरेको हो । अस्पतालमा आज देखि आकस्मिकमा ८ वटा वेड र अन्तरङ्ग सेवा अन्तर्गत १२ वटा वेड संचालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जिवन शिवाकोटीले बताउनु भयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका दमक नगर पालिकाका मेयर रोमनाथ ओलीले आकस्मिक सेवाको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा ओलीले अस्पताल संचालनमा गुणस्तरीय सेवाका लागि अस्पताल क्षेत्रमा भएका हरेक गतिविधि पारदर्शी ढंगले संचालन गर्नु पर्ने बताउनु भएको छ ।

दमक नगरमा जिल्ला स्तरको अस्पताल संचालनमा आउनु भनेको दमकको मात्र नभएर पश्चिम झापाका धेरै नागरिकको हितमा कार्य हुने कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
कार्यक्रममा दमक नगर पालिका प्रशासकीय अधिकृत गणेश तिम्सिना तथा उपमेयर गीता अधिकारीले दमक क्षेत्रका मात्र संचालित सरकारी अस्पतालमा आकस्मिक सेवा र अन्तरङ्ग सेवा संचालनले धेरै नागरिक लाभान्वित हुने भएकोले यसलाई सही ढंगबाट सवै कर्मचारीले कार्य गर्नु पर्नेमा जोड दिएका छन् । आकस्मिक सेवा संचालनका लाागि अस्पतालमा ५ हजार देखि १ लाख रुपयाँ सम्म सहयोग गर्ने दमक क्षेत्रका दाताहरुलाई सम्मान समेत गरिएको छ । अस्पताल संचालनका लागि भूटानी शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले १ करोड मुल्य बराबरको ल्याव सम्बन्धीका प्राविधिक सामाग्री समेत दिईसकेको छ । अस्पतालले एकल, अपाङ्ग र जेष्ठ नागरिकलाई निशुल्क उपचार गर्ने समेत यस अघि नै घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here