२९ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताउँदै त्यसकाबिरुद्ध लड्न तयारी अबस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई बिहिबार नेपाली सैनिक प्रतिष्ठान भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनौती सामना गर्नका लागि सधै तयार रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । ‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस्ता खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार रहनुपर्दछ ।’
ताजा पोष्ट
करण राई नाईट: अल्बेरीमा सांगीतिक र सम्मानको भव्य उत्सव
अर्जुन प्रधान/आयोजकAlbury, NSW — अप्रिल ५
अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा शनिबार साँझ एउटा अविस्मरणीय साँगीतिक माहोल बन्यो, जब...
संयुक्त राष्ट्रसंघका विशेषज्ञद्वारा भूटानमा राजनीतिक बन्दीहरूलाई दमन गरिरहेको आरोप, तत्काल रिहाइको माग
अर्जुन प्रधान– अप्रिल ४, २०२५
संयुक्त राष्ट्रसंघका छ विशेष प्रतिवेदकहरू ले भूटानमा राजनीतिक बन्दीहरू माथि भइरहेको दमनको कडा आलोचना...
फिलाडेल्फियाको ICE कार्यालयले भूटानीहरूको निर्वासनबारे जानकारी सार्वजनिक गर्यो
अर्जुन प्रधान
फिलाडेल्फियास्थित अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) कार्यालयले बुधबार जारी गरेको वक्तव्यमा हालै अमेरिका बाट निर्वासित...