गजल संग्रह उजुर दमकमा लोकार्पण

0
2684

चैत्र, १७दमक/भारतीय गोर्खा सेनामा कार्यरत झापा निवासी मनिराज निङुलेकुको उजुर नामक गजल संग्रह आज दमकमा लोकार्पण गरिएको छ ।
कृति अनलाइनले प्रकाशन गरेको उजुर नेपाली गजल क्षेत्रमा स्थापित साहित्यकर्मीहरुमाझ दमकमा लोकार्पण गरिएको हो । पूर्वी नेपालका स्थापित कवि अभागी थेगुवाको प्रमुख आथित्यमा भएको कार्यक्रममा कृतिबारे कवि तथा रंगकर्मी उपेन्द्र सुब्बा, साहित्यकारहरु शिव रेग्मी प्रणत,लोकेन्द्र बञ्जरा, विमला चिमरिया, खगेन अधिकारी लगायतले समिक्षा गर्नु भएको छ ।  

कृति अनलाइनका अध्यक्ष डिडस गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा पूर्वी नेपालमा रहेर साहित्य साधनामा अनवरत रहने साहित्यकारहरुले रचना वाचन समेत गर्नु भएको छ । ५२ वटा गजल रहेको उजुर संग्रह सामाजिक सिंगती र श्रृंगारिक धारमा रहेको समिक्षकहरुले बताएका छन् । भारतीय सेनामा कार्य गर्दै भए पनि निङलेकुले नेपाली साहित्यमा कमल चलाउनुले साहित्यमा थप टेवा मिल्ने कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here