प्रदेशका लागि ३० देखि ४० वटा कानुन असारसम्म बनाइनेः कार्की

स्वदेशी उत्पादन गर्ने कम्पनीलाई प्रदेश सरकारले सहयोग गर्ने

0
1657

स्वदेशी उत्पादन गर्ने कम्पनीलाई प्रदेश सरकारले सहयोग गर्ने

चैत्र, १७/डिकेश लामा 
दमक/आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आउने असारसम्म ल्याईने बजेटका लागि कम्तिमा ३० देखि ४० वटा प्रदेश कानुन ल्याउने बताउनु भएको छ ।

आज दमकमा स्वदेशी उत्पादनलाई विश्व बजारीकरण गर्न अनलाइन मार्फत संचानलन गर्दै आएको फेमिलियर कम्पनीको उत्पदान बस्तुबारे प्रदेश स्तरीय सेमिनार कार्यक्रममा बोल्दै कार्कीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका कार्कीले स्वदेशी उत्पादन गर्ने कम्पनीलाई प्रदेश सरकारले सहयोग समेत गर्ने बताउनु भयो । कार्कीले चैत्र महिना भित्र नै सानो आकारको बजेट ल्याएर प्रदेशको सुरक्षा र प्राकृतिक विपत लगायतका क्षेत्रमा कार्य गर्न थालनी गर्ने समेत बताउनु भयो । एक नम्बर प्रदेश विकासका लागि मुख्य गरी कृषि, पर्यटकीय, जलस्रोत र सुरक्षा प्रवन्ध क्षेत्रमा पहिलो प्राथमिकता दिएर कार्य गर्ने मन्त्री कार्कीले बताउनु भएको छ । 

बार्षिक ४० अर्व रुपयाँ भन्दा धेरै मूल्यमा विदेशबाट बस्तु आयत गर्नु पर्ने अवस्थाले देशको अर्थतन्त्र कम्जोर बन्दै गएको प्रति स्वदेशी उत्पादनमा जोड दिनु पर्ने कार्यक्रमका बक्ताहरुले बताएका छन् । फेमिलियरका प्रदेश प्रमुख भैरव फुँयालको सभापतित्वमा भएको कार्यक्रममा कम्पनिका अध्यक्ष तथा प्रमुख अतिथि कार्कीले फेमिलियरका विभिन्न विभागका गोविन्द दाहाल, प्रेमप्रसाद आचार्य, वैरभ फुँयाल र अरुण कार्कीलाई दोसल्ला र सम्मान पत्रले सम्मान समेत गरिएको छ । 

कार्यक्रममा खासगरी मोरङ्ग, सुनसरी, इलाम र झापाका सौन्दर्य कला सम्बन्धीका करिव २ सय व्यवसायीहरुको उपस्थिति रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here