लगाएकै भोलि पल्ट भत्किएको कालो पत्रे सडक अनुगमन

काम रोकेर भए पनि गुणस्तर बनाउँन ठेकदारलाई लगाउने

0
1444

काम रोकेर भए पनि गुणस्तर बनाउँन ठेकदारलाई लगाउने


चैत्र १३, २०७४/डिकेश लामा
दमक/ झापाको शिव सताक्षी नगर पालिकाको धमरपुर पाँचगाछी सडकखण्ड कालोपत्रे गरेको भोलि पल्ट भत्किए पछि आज जिल्ला समन्वय विकास समिति सहित जिम्मेवार पदाधिकारीको एक टोलीले अनुगमन गरेको छ ।
अनुगमन गर्दा सडकको छेऊमा माटो माथि नै अलकत्र लगाएकोले सडक भत्किएको पाइएको छ । अनुगमनबाट सडक गुणस्तरीय नभएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताउनु भयो । प्रमुख पोर्तेलले सडक निर्माण रोकेर ठेकेदारलाई आवश्यक निर्देशन दिने र मापदण्ड अनुसार गुणस्तरीय काम नगरे जस्तोसुकै कार्वाही गर्ने दावी गर्नु भयो ।

यसैगरी जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख जिल्ला इन्जिनियर शुशिल श्रेष्ठका अनुसार सडकको किनारमा माटो माथि अलकत्र परेर पिच उकिएको र त्यसलाई पुर्ननिर्माण गर्न ठेक्कादारसँग सम्झौता भईसकेको समेत बताउनु भयो । २२ फिट चौडाई कालोपत्रे हुने गरी बनाइएको सडकको छेऊमा ढेड सेन्टिमिटर मोटाई र मध्यभागमा ३ सेन्टिमिटर कालोपत्रेको मोटाई लगाउने सम्झौता भए पनि सो अनुसार कार्य नभएको स्थानीयले गुनासो व्यक्त गरिएको छ । 

अनुगमनको क्रममा मध्य भागमा कोट्याएर हेर्दा कतिपय स्थानमा अति न्यून परिमाणमा कालोपत्रे प्रयोग गरिएको पाईएको छ । अनुगमनको क्रममा शिव सताक्षी नगर पालिकाका मेयर चन्द्रकुमार शेर्माले गुणस्तरहीन कार्य तत्काल रोकेर मापदण्ड अनुसारको काम गर्न माग गर्नु भयो । अनुगमनको टोलीलाई स्थानीय बासिन्दाले तत्काल गुणस्तर कार्य गर्न लगाउँन माग समेत गरेका छन् । धरमपुर पाँचगाछी सडकखण्डको ९ किलो मिटर भाग १० करोड ७८ लाख रकममा जिल्ला विकास समन्वय समितिले कान्छाराम ज्योति काठमाण्डौंलाई २०७३ असोज ३ गते ठेक्का दिएको थियो ।

See live video by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here